नेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । राष्ट्रिय टोलीले मलेसियाको २२ वर्षमुनिको टोलीसँग आज मैत्रीपूर्ण फुटबल खेल्दैछ । नेपाल र मलेसियाबिचको खेल नेपाली समय अनुसार बेलुका पौने सात बजे मलेसियामा हुनेछ । बंगबन्धु गोलडकपको उपाधि र दक्षिण एसियाली खेलकुद सागको फुटबलमा स्वर्ण पदक जितेको नेपाली टोलीले त्यसपछि पहिलो पटक खेल्न लागेको हो । विराज महर्जनको कप्तानीमा रहेको नेपाली टोलीमा भरत खवास, विजय धिमाल, विकेश कुथु, विशाल राई, विशाल श्रेष्ठ, विश्वास श्रेष्ठ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, हेमन गुरुङ, जगजित श्रेष्ठ, जितेन्द्र कार्की, कमल श्रेष्ठ, किरण लिम्बु, मानबहादुर तामाङ, नवयुग श्रेष्ठ, प्रकाश बुढाथोकी, रविन श्रेष्ठ, रञ्जन विष्ट, रञ्जित धिमाल, सुजल श्रेष्ठ, सुन लामा र सुनील बल हुनुहुन्छ । मलेसियासँगको खेलका लागि नेपाली टोली गएको अस्ति शुक्रबार गएको हो ।

Previous articleश्रीलंका बाहिरियो इंल्याण्ड सेमिफाइन्लमा, आज भारत र अष्ट्रेलिया भिड्दै
Next articleब्रसेल्स आक्रमणका मुख्य अभियुक्त स्वतन्त्र पत्रकार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here