बर्न। राजधानी क्लब, बेर्नको आयोजनामा आगामी ८ अगस्ट २०२६ शनिबारका दिन खुला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। प्रतियोगिता Tscharnergut, Bern मा बिहान ११:०० बजेदेखि सुरु हुनेछ।

आयोजकका अनुसार प्रतियोगितामा प्रत्येक टोलीमा ८ जना खेलाडी रहनेछन्।  प्रतियोगितामा सहभागी टोलीका लागि डिपोजिट शुल्क ३०० स्वीस फ्रयाङ्क तोकिएको छ भने खाना तथा पेय पदार्थ निःशुल्क उपलब्ध गराइनेछ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने टोलीलाई आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ। प्रथम पुरस्कार ६०० स्वीस फ्रयाङ्क  र द्वितीय पुरस्कार ४५० स्वीस फ्रयाङ्क प्रदान गरिनेछ। साथै उत्कृष्ट खेलाडीलाई ३० स्वीस फ्रयाङ्क नगद पुरस्कार दिइने आयोजकले जनाएको छ।

प्रतियोगितामा सहभागी हुन इच्छुक टोलीहरूले २५ जुलाई २०२६ भित्र टोली दर्ता गरिसक्नुपर्नेछ।

थप जानकारी तथा दर्ताका लागि विजय: ०७६६०७७४४४ वा ओम गुरुङ: ०७६८३०७४७७ लाई सम्पर्क गर्न आयोजकले अनुरोध गरेको छ।

आयोजकले खेलमार्फत स्वास्थ्य, मित्रता र मनोरञ्जन प्रवर्द्धन गर्ने उद्देश्यसहित सबै नेपाली समुदायलाई प्रतियोगितामा सहभागी भई कार्यक्रमलाई सफल बनाउन आग्रह गरेको छ।

Previous articleबेर्नमा हिमालयन एग्रो ट्रेडको आयोजनामा भव्य नेपाली सांगीतिक कार्यक्रम सम्पन्न
Next articleएनआरएनए स्विट्जरल्याण्डद्वारा ‘तीज उत्सव २०२६’ आयोजना गर्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here