गतसाता बेल्जियमको ब्रसेल्समा भएको आक्रमणपछि पक्राउ परेका एक ब्यक्ति नै मूख्य अभियुक्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनालगत्तै पक्राउ परेका फैसल शेफु नामका युवक नै त्यस घटनाका मूख्य अभियुक्त ठहर भएको बेल्जियममा सञ्चार माध्यमहरुले जनाएका छन् । घटनापछि सार्वजनिक गरिएको तस्वीरमा सेता पहिरनमा देखिएका युवक नै मूख्य अभियुक्त मानिएका हुन् । उनी पेशाले स्वतन्त्र पत्रकार रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उनीमाथि अनुसन्धान जारी छ । गत साता ब्रसेल्सको विमानस्थल र मेट्रो स्टेशनमा गराइएको आक्रमणमा ३४ जना मारिएका थिए ।

Previous articleनेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै
Next articleकांग्रेसमा संसदीय दलको नेता छान्न विधान संशोधन गरिंदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here