श्रीलंकालाई हराउँदै इङ्ल्याण्ड विश्वकप ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

भारतको नयाँ दिल्लीमा गएराति भएको खेलमा इङ्ल्याण्डले श्रीलंकालाई १० रनले हरायो । खेलमा पहिले व्याटिङ गरेको इङ्ल्याण्डले जोस बट्लरको अविजित ६६ रनको मद्दतले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७१ रन बनायो । हारसँगै साविक विजेता श्रीलंका सुपर टेनबाटै घर फर्किने निश्चित भएको छ । इंग्लण्ड भने प्रतियोगिताको सेमीफाईनल पुग्ने तेस्रो टीम बनेको छ । यसैगरी समूह दुईबाट हिजो देश भएको खेलमा न्युजिल्याण्ड विजेताको रुपमा सेमीफाईनलमा पुगीसकेको छ । सेमीफाईनल पुग्ने अन्तिम टोलीको टुंगो आज लाग्दैछ । आज आयोजक भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । आजको खेलको विजेताले सेमीफाईनलमा ठाउँ बनाउनेछ ।

Previous articleसंवैधानिक व्यवस्था अनुसार नै संसदको कार्य सञ्चालन नियमावली बन्ने
Next articleनेपालले आज मलेसियासँग मैत्रीपूर्ण फुटबल खेल्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here