प्रहरी महानिरीक्षक दान बहादुर कार्कीलाई सरकारले पदबाट हटाएको छ । बुधबार बसेको मन्त्रिपरिषदको निर्णय अनुसार कार्कीलाई महानिरीक्षकबाट हटाएर प्रधानमन्त्रीको सल्लाहकारको रुपमा राख्ने निर्णय गरेको हो ।
कार्कीलाई प्रधानमन्त्री कार्यालय मातहत रहने गरी सल्लाहकारको भूमिकामा राखिएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताएका छन् । गत वर्ष कार्तिक २४ गते प्रधानमन्त्री सुशिला कार्कीको नेतृत्वको सरकारले कार्कीलाई आइजीपीमा नियुक्त गरेको थियो । आइजीपी कार्कीको पदावधि करिब डेढ वर्ष बाँकी हुँदै उनलाई सरकारले आइजीपीबाट हटाएको हो । कार्कीलाई आइजीपीबाट हटाउनुको कारण भने सरकारले बताएको छैन । आइजीपी कार्कीलाई कारबाही गर्नुको कारण के हो भनि पत्रकारले सोधेको प्रश्नमा सरकारका प्रवक्ता पोखरेले उनलाई कारबाही गरेको नभई प्रधानमन्त्रीको सल्लाहकारमा पदस्थापन गरी जिम्मेवारी हेरफेर गरिएको बताएका छन् ।
त्यसैगरी मन्त्रिपरिषदको सोही बैठकले प्रहरी महानिरीक्षकमा एआइजी मनोज केशीलाई नियुक्त गर्ने निर्णय गरेको छ । अपराध अनुसन्धान विभागको प्रमुखका रुपमा रहेका केशीलाई



