राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले आफ्नै पार्टीको अनुशासन आयोग समक्ष लिखित जबाफ बुझाएका छन् ।
रास्वपा सांसद सुनार र एक महिला बीचको भनिएको अडियो संवाद बाहिरिएपछि सांसद सुनारलाई पार्टीले सार्वजनिक कार्यक्रममा रोक लगाएर अनुशासन आयोगलाई छानबिनका लागि निर्देशन दिएपछि सांसद सुनारले सोही विषयमा अनुशासन आयोग समक्ष आफ्नो लिखित जवाफ पेश गरेका हुन् ।
उक्त अडियो संवादमा प्रयोग भएको भाषाशैलीले महिला हिँसा भएको भनि आलोचना हुन थालेपछि रास्वपाले उक्त अडियो संवादका बारेमा छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पार्टी अनुशासन आयोगलाई जिम्मा दिएको थियो । साथै पार्टीले आयोगको प्रतिवेदन नआउञ्जेल सांसद सुनारलाई कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा संलग्न नहुन निर्देशन दिएको छ ।
रास्वपा पार्टी अनुशासन आयोगमा सांसद सुनारको लिखित जवाफ प्राप्त भएको आयोगले पुष्टी गरेको छ । पार्टीको अनुशासन आयोगले सोही विषयमा छानबिन गर्न छ सदस्यीय छुट्टै समिति पनि गठन गरिसकेको छ भने उक्त समितिलाई राय सहित प्रतिवेदन बुझाउने अख्तियारी दिइएको छ ।
उता आयोगले गठन गरेको छानबिन समितिले आफ्नो काम शुरु गरिसकेको जनाएको छ ।
सांसद सुनार र एक महिला बीचको भनिएको उक्त अडियो संवाद सबैभन्दा पहिले जनआश्था साप्ताहिकले आफ्नो अनलाईन संस्करणमा प्रकाशित गरेको थियो ।

Previous articleकोल्हबीका १०० किसानलाई हिउँदे तरकारीकाे बीउ वितरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here