जुरीख। स्विट्जरल्याण्डमा बसोबास गर्ने नेपाली समुदायबीच आपसी सद्भाव, भाइचारा र नेपाली कला तथा संस्कृतिको संरक्षण गर्ने उद्देश्यले जुरीख नेपाली स्पोर्ट्स क्लबले तिहार विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार अर्थात् दीपावली तथा भाइटीकाको अवसरमा आगामी २०२६ नोभेम्बर ७ तारिख शनिबार जुरीखस्थित Gemeinschaftszentrum GZ Grünau, Gurnarig 18, 8046 Zürich, Switzerland मा कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार कार्यक्रम दिउँसो ३ बजेदेखि सुरु हुनेछ भने अपराह्न ४ बजे अपेरो (Apero) को व्यवस्था गरिएको छ।

नेपालमा जस्तै तिहारका सबै परम्परागत गतिविधि हुबहु प्रस्तुत गर्न सम्भव नभए पनि विदेशमा रहेका नेपालीलाई तिहारको मौलिक संस्कृतिको अनुभूति गराउने प्रयास गरिने आयोजकले जनाएको छ। कार्यक्रममा स्थानीय नेपाली कलाकारहरूको सांगीतिक तथा सांस्कृतिक प्रस्तुति, नाचगान, देउसी–भैलो र खानाका विभिन्न परिकार समावेश गरिनेछन्।

कार्यक्रमलाई थप आकर्षक बनाउन बम्पर उपहारको समेत व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ। उपहारअन्तर्गत प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना पुरस्कार राखिएको जनाइएको छ।

बम्पर उपहारको टिकट शुल्क २० स्विस फ्र्याङ्क तोकिएको छ। जुरिक नेपाली स्पोर्ट्स क्लबले स्विट्जरल्याण्डमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई कार्यक्रममा उपस्थित भई तिहारको खुसी साटासाट गर्न र आपसी सद्भावलाई अझ मजबुत बनाउन हार्दिक निमन्त्रणा गरेको छ।

नेपाली संस्कृतिमा विशेष महत्त्व बोकेको तिहार काग तिहारदेखि सुरु भएर भाइटीकासँगै सम्पन्न हुन्छ। पाँच दिनसम्म मनाइने यस पर्वमा काग, कुकुर, गाई, लक्ष्मी, गोवर्धन तथा भाइपूजा गरिनुका साथै देउसी–भैलो, दीपावली, सेलरोटी तथा विभिन्न परिकारका साथ रमाइलो गर्ने परम्परा छ। दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिएर सुख, शान्ति, समृद्धि र दीर्घायुको कामना गर्ने भाइटीका यस पर्वको विशेष आकर्षण हो।

Previous articleसांसद खगेन्द्र सुनारले आयोगलाई बुझाए जबाफ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here