एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारमाथि जित निकाल्दै शानदार शुरुआत गरेको छ ।
मलेसियामा जारी एसीसी यू–१९ महिला प्रिमियर कपमा नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १३० रनको योगफल खडा गरेको थियो । नेपालका लागि ब्याटिङमा साबित्री धामीले सर्वाधिक ५२ रन बनाइन् भने सना प्रविणले २७ रन बनाउँदा अञ्जिला पाठक २३ रनमा अविजित रहिन् । नेपाली टोली कि कप्तान सोनी पाख्रिनले भने खाता नै खोल्न नसकी आउट हुनु पर्यो ।
खेलमा १३१ रनको लक्ष्य पछ्याएको कतारलाई नेपाली बलरहरूको कसिलो आक्रमणले निरीह बनायो । कतारको टोली १२ ओभरमै २५ रनमा अलआउट भयो । कतारका कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। टोलीका लागि सर्वाधिक रन ४ मात्र रह्यो ।

बलिङ तर्फ नेपालका लागि रचना चौधरीले ३ ओभरमा २ रन मात्र दिएर ३ विकेट लिइन् । त्यसैगरी रिया शर्माले ३ ओभरमा ६ रन दिएर ३ विकेट लिइन् । मनिषा उपाध्यायले २ तथा अनु कडायतले १ विकेट लिए । नेपालले एकतर्फी जित निकाल्दै प्रतियोगितामा शानदार सुरुवात गरेको छ। नेपालले कतारलाई १०५ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

फाेटाेः साभार सामाजिक सञ्जाल

Previous articleनेपालमा लगानी गर्न तयार छौँ – मन्त्री थानी
Next articleबझाङमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here