बर्न। नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यसहित स्विट्जरल्याण्डको बर्नमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ। हिमालयन एग्रो ट्रेडको प्रस्तुतिमा रामबाबु गुरुङ निर्देशित चलचित्र ‘कबड्डी’ नोभेम्बर १५, २०२६ आइतबारका दिन बर्नस्थित सिने एबीसी मा प्रदर्शन गरिने छ।
आयोजकले दिएको जानाकारी अनुसार चलचित्र प्रदर्शन दिनको १४:०० बजे सुरु हुनेछ।
बर्नको Moserstrasse 24, 3014 Bern स्थित सिने एबीसीमा प्रदर्शन हुने चलचित्रको टिकट मूल्य ३० स्विस फ्र्याङ्क तोकिएको छ।
नेपाली चलचित्रप्रति रुचि राख्ने स्विट्जरल्याण्डवासी नेपाली समुदायका साथै अन्य दर्शकलाई समेत लक्षित गरी कार्यक्रम आयोजना गर्न लागिएको हो।
चलचित्र हेर्न इच्छुक दर्शकले टिकट तथा अन्य जानकारीका लागि पोस्टरमा दिइएको सम्पर्क नम्बर +41 77 431 94 45 मा सम्पर्क गर्न सक्नेछन्।
नोटः बिहान १०:३० बजे सुरु हुने भनिएको कार्यक्रम दिउँसो १४:०० बजे गरिएको छ।



