२२ अप्रिल २०१६, स्विटजरल्याण्ड। उनि सफलताको उँचाईमा थिए, उनि सांगीतिक क्षेत्रका एक स्टार थिए। संगीतका विविध पक्षहरुमा उनको दरिलो उपस्थिति थियो। त्यसैले उनि सर्वचर थिए। तरपनि उनि ५७ बर्षकै उमेरमा आफ्ना फ्यानहरुलाई स्तब्ध पार्दै यस संसारबाट विदा लिए। जुन ७, १९५८ मा अमेरिकाको मिनेसोटामा जन्मिएका प्रख्यात गायक एवं संगीतकार प्रिन्सको अप्रिल २१, २०१६ मा मिनेसोटामै निधन भयो। उनको मृत शरिर उनकै भिल्लाको लिफ्टमा भेटिएको थियो।

सन १९८४ मा उनि “पर्पल रेन” नामक एल्बम र त्यहि नामको चलचित्रका माध्यमबाट अन्तर्राष्ट्रिय स्तरमा चर्चामा आएका हुन्। रक, ज्याज, सोल देखि पपसम्मका विविध सांगीतिक क्षेत्रमा सक्रिय उनका १०० मिल्लियनभन्दा बढी एल्बम बिक्रि भएको बताईन्छ। उनले ७ वटा ग्रयामि अवार्डस्, एक ओस्कार अवार्डस् र एक गोल्डन ग्लोब अवार्डस् प्राप्त गरेका छन्। “पर्पल रेन” का लागि उनले १९८५ मा ओस्कार अवर्डस् प्राप्त गरेका हुन्। उनिद्वारा सृजित संगीत उनको बौद्दिक सम्पति भएको दाबी गर्दै आफ्नै संगीत रेकर्ड कम्पनिका बिरूद्ध उनले न्यायिक बाटो अपनाउनाले यससम्बन्धमा विश्वकै अवधारणामा परिवर्तन आएको तथ्य महत्वकासाथ चर्चा गरिन्छ।

Previous articleनयाँ बर्ष कार्यक्रमका लागि गायिका अन्जु पन्त स्विटजरल्याण्ड आईपुगिन
Next articleनीता कपुरको आयोजनामा जेनेभामा नयाँ बर्ष कार्यक्रम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here