पछिल्लो समय मध्यपूर्वको तनाब बढ्दै जाँदा कुबेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अखडामा इरानले आक्रमण गरेको आईआरजिसीले जनाएको छ ।
इरानको सशश्त्र बल इस्लामिक रिभोलुसनरी कार्ड कर्प्स (आईआरजिसी) ले जारी गरेको विज्ञप्तीलाई उद्धृत गर्दै नुर न्यूजले दिएको समाचार अनुसार आइआरजिसीले कुबेतको अल उदइद एयर बेसमा ड्रोन आक्रमण गरेको हो भने कुबेत कै अर्को अमेरिकन एयर बेस अलि अल सालेममा पनि आक्रमण भएको छ ।
त्यसैगरी समाचार श्रोतका अनुसार आईआरजिसीले जोर्डनमा रहेको सबैभन्दा ठूलो अमेरिकी एयर बेस अल अजराकमा पनि ड्रोन आक्रमण गरेको जनाइएको छ ।
फाेटाे साभारः सामाजिक सञ्जाल



