२२ अप्रिल २०१६, स्विटजरल्याण्ड। जेनेभा निवासि नीता कपुरले यहि ३० अप्रिलमा जेनेभामा नेपाली नयाँ बर्ष २०७३ को शुभ-अवसरमा एक सांगीतिक कार्यक्रमको आयोजना गर्ने समाचार प्रकाशमा आएको छ। जेनेभाको बम्बे प्लेस रेष्टुरेन्टमा बेलुका १७:०० बजे सुरु हुने उक्त सांगीतिक कार्यक्रममा नेपालका चर्चित एवं लोकप्रिय गायकहरू रामकृष्ण ढकाल र हिमाल सागरले पफर्म गर्ने छन्।

कार्यक्रम आयोजक नीता कपुर स्विटजरल्याण्डकी परिचित नर्तकी हुन्। उनलाई नेपालस्वीस डट कमले आफ्नो छैठौं बार्षिकोत्सवको अवसरमा २० फेब्रुवरी, २०१६ मा आयोजित समारोहमा स्विटजरल्याण्डको नेपाली समाजमा नृत्यका माध्यमबाट नेपाली कला र संस्कृतिको संबर्धनमा पु-याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो।

Previous articleसंगीत प्रिन्सको देहावसन
Next articleसन्दर्भ: भूकम्प स्मृति दिवस २०७३

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here