सिरियाका अपदस्थ पूर्व राष्ट्रपति बशर अल असदलाई अदालतले मृत्युदण्डको फैसला सुनाएको छ ।
पूर्व राष्ट्रपति असदलाई युद्ध अपराध र मानवता विरुद्धको अपराध गरेको ठहर गर्दै सिरियाको अदालतले मृत्युदण्डको फैसला सुनाएको हो ।
सिरियाको राजनीतिमा आएको परिवर्तन पश्चात् सन् २०२४ को डिसेम्बरमा आफ्नो शासन ढलेपछि पूर्व राष्ट्रपति असद आफ्नो सपरिवार सिरियाबाट भागेर रुसको राजधानी मस्कोमा शरण लिन पुगेका थिए । उनी भागेपछि विगत पाँच दशकदेखि आफ्नो पकडमा रहेको उनको शासनको अन्त्य भएको थियो ि
सत्ता सञ्चालनका क्रममा उनीमाथि युद्ध अपराध र मानवता विरुद्धको कार्यमा सक्रिय रहेको भन्दै सोही अपराधमा उनलाई विपक्षी बनाई मुद्दा दायर भएको थियो । सोही मुद्दामा पूर्व राष्ट्रपति असदका नातेदार आतेफ नजबलाई पनि मुत्युदण्ड सुनाइएको छ ।



