प्रथम रमपम झापा गोल्ड कप २०७२ आजदेखि झापाको विर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा शुरु हुँदैछ । आजको उद्घाटन खेलमा झापा ११ ले भारतको साङ्ली डिष्ट्रीक क्लबसँग खेल्दैछ । खेल दिउँसो साढे २ बजेबाट सुरु हुनेछ । प्रतियोगिताको बिजेता टिमले नगद ६ लाख र उपबिजेताले ३ लाख नगद सहित ट्रफि प्राप्त गर्नेछन । नकआउट चरणमा खेलाईने खेलमा भारतका दुईवटा ए डिभिजनका टिमसहित नेपालका बाँकी ८ टिम गरी जम्मा १० वटा टीमको सहभागिता रहेको छ । मुलुकमा नै सबैभन्दा बढी फुटबल गतिविधि हुने झापालाई फुटबल शहरको रुपमा विकास गरी फुटबल पर्यटनको गन्तब्य बनाउने झापा जिल्ला फुटबल संघको लक्ष्य अनुसार प्रतियोगिताको आयोजना गरिएको जिल्ला फुटबल संघका अध्यक्ष जलकुमार गुरुङले बताउनुभयो । प्रतियोगीता हेर्नलाई १० हजार दर्शक अटाउने गरि प्याराफिट निर्माण गरिएको छ । फाइनल खेल चैत २७ गते हुने छ ।

Previous articleमधेसी मोर्चाको बैठक बस्दै
Next articleप्रधानमन्त्रीले पार्टीका नेता र सभासदसँग छलफल गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here