२५ मार्च २०१६, स्विटजरल्याण्ड। संयुक्त राष्ट्र संघको अन्तराष्ट्रिय अपराधिक न्यायाधिकरण (United Nations, International Criminal Tribunal) ले बोसनिया-हर्जगोभिनाका पूर्व राष्ट्रपति रादोभान काराचिचलाई सन १९९५ मा सर्वेनिज्जामा भएको नरसंहार र विविध युध्द-अपराघमा दोषी ठहर गर्दै ४० बर्षको काराबास सजायको फैसला सुनाएको छ। ७० बर्षिय काराचिच बोसनियाका सर्बियन नेता र सन १९९२ देखि १९९६ सम्म बोसनिया-हर्जगोभिनाका राष्ट्रपति थिए। सर्वेनिज्जा नरसंहारमा सन १९९५ मा सर्बियन सेनाले संयक्त राष्ट्र संघको सुरक्षा क्षेत्रभित्र ८००० मुसलमान युवक र पुरूषहरुको हत्या गरेको थियो। सर्वेनिज्जा नरसंहार दोश्रो विश्व युध्द पश्चात यूरोपको सबैभन्दा निन्दनिय युध्द अपराध मानिन्छ। सन १९९२ देखि १९९५ सम्म बोसनिया युध्दमा लगभग १००००० मानिसहरुको हत्या भएको बताईन्छ। युध्द पश्चात काराचिच बर्षौं भूमिगत भएका थिए। सन २००८ मा उनलाई गिरफ्तार गरी सन २००९ मा उनका संयुक्त राष्ट्र संघको न्यायाधिकरण, हागमा मुध्दा दर्ता गरिएको थियो। काराचिचले आफु निर्दोष भएको बताउँदै उक्त फैसलाको बिरुध्दमा पुनरावेदन गर्ने बताएका छन्।

Previous articleस्वीस सेना प्रमुख ब्लाटमान पदमुक्त हुने
Next articleसमय परिवर्तन हुने, बिहानको २ बज्दा ३ बज्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here