२३ मार्च २०१६, स्विटजरल्याण्ड। स्वीस सेना प्रमुख आन्द्रे ब्लाटमान सन २०१७ मार्चको अन्त्यबाट पदमुक्त हुँदैछन्। उनको पदमुक्ति उनि २०१८ मा सेवानिबृत्त हुनुभन्दा एक बर्ष अधिनै हुने भएको हो। स्विटजरल्याण्डका संघिय रक्षामन्त्री गे पारमेलिनले ब्लाटमानको पदमुक्तिलाई स्वीस सेनामा गर्न लागिएको पुन:संरचनासंग जोडे। नयाँ आउने सेना प्रमुखले स्विस सेनाको पुन:संरचनाको जिम्मेवारी लिनेछन्। पारमेलिन र ब्लाटमान दुबैले आज राजधानी बेर्नमा आयोजित पत्रकार सम्मेलनमा दुबैको समझदारीमा उक्त्त निर्णय गरिएकोमा जोड दिएका थिए। तर पनि पारमेलिन र ब्लाटमानका बीचमा स्वीस सेनाको पुन:संरचनाका बारेमा मतभिन्नता रहेको संञ्चार माध्यमहरुमा प्रकाशित भएका छन्। ब्लाटमान सन २००८ मा तत्कालिन सेना प्रमुख रोलाण्ड नेफ पदमुक्त भएपछि सेना प्रमुखमा नियुक्त भएका थिए। अप्ठ्यारो समयमा सेना प्रमुखको जिम्मेवारी लिएरपनि स्वीस सेनाको छबि बढाएको जस ब्लाटमानलाई दिने गरिएको छ। पारमेलिन सन २०१५, डिसेम्बर ९ मा स्वीस जनता पार्टीका तर्फबाट संघिय मन्त्रीको पदमा विजयी भएका हुन्।

Previous articleतिमी लाई कुनै पल न देखु म…यो मन डराउछ…यो आखाँ रसाउछ…
Next articleकाराचिचलाई ४० बर्ष काराबास

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here