बांग्लादेशमा भइरहेको यु-१९ विश्वकप क्रिकेटमा आयरल्याण्डलाई आठ विकेटले पराजित गर्दै नेपाल उक्त प्रतियोगिताको दोस्रो चरणमा पुगेको छ।

सोमबार भारतसंग भिड्ने नेपालले उक्त खेलमा जीत वा हार जे नतिजा निकाले पनि शनिबारको खेलसंगै अन्तिम आठमा स्थान सुरक्षित गरिसकेको छ।

यसअघि नेपालले टेस्ट मान्यताप्राप्त न्यूजिल्याण्डलाई पराजित गरेको थियो।

जित

टस जितेर ब्याटिंगमा उत्रेको आयरल्याण्डले नौ विकेट गुमाएर १ सय ३१ रन बनाएको थियो।

१ सय ३२ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा २५ दशमलब ३ ओभरमा भेट्याउंदै ‘सुपर एट’को यात्रा तय गरेको हो।

उक्त जितका लागि योगन्द्रसिंह कार्कीले अविजित ६१ रन बनाए।

त्यसअघि आयरल्याण्डको ब्याटिंग क्रम ध्वस्त बनाउने क्रममा सञ्जीव लामिछाने एक्लैले पांच विकेट लिए।

जसमा उनको ‘ह्याट्रिक’ पनि समावेश छ।

भारत पनि नेपालसंगै लगातार दुई खेलमा जित हात पार्दै अन्तिम आठमा पुगेको छ।

शनिबारै भएको खेलमा उसले न्यूजिल्याण्डलाई १ सय २० रनले पराजित गरेको छ।

समूह ‘डी’मा नेपाल र भारतसंगै रहेका न्यूजिल्याण्ड र आयरल्याण्डको चुनौती अब समाप्त भएको छ।

-बीबीसी नेपाली

Previous articleएनआरएनएद्वारा झण्डै १ करोड ६० लाख रुपैयाँको जीवनरक्षक औषधि प्रदान
Next articleनाका नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here