फलेवास , माघ १६ गते। नेकपा ९एमाले०का स्थायी समिति सदस्य शङ्कर पोखरेलले भारतले गरेको अघोषित नाकाबन्दी पूर्णरुपमा नखुले प्रधानमन्त्रीको भारत भ्रमण स्थगित हुने बताउनुभएको छ ।

कुश्मा नगरपालिकाले आयोजना गरेको नगरपालिकास्तरीय कार्यकर्ता भेलालाई आज यहाँ सम्बोधन गर्दै नेता पोखरेलले मुलुकको अहसज परिस्थितिलाई थाती राख्दै सरकारको प्रमुख व्यक्ति भ्रमणमा जानु उचित नहुने भन्दै नाका सहज नभएसम्म नजाने प्रधानमन्त्रीको अडान कायमै रहने बताउनुभयो ।

नेता पोखरेलले मुलुकको नयाँ संविधान जारी भएकै कारण नाकाबन्दी भएको बताउँदै यसमा वर्तमान सरकारको कुनै दोष नभएको बताउनुभयो । उहाँले भन्नुभयो–‘कोइराला नेतृत्वकै सरकारको पालादेखि निम्तिएको परिस्थिति हो, अहिलेको सरकारको कुनै दोष छैन ।’
नेता पोखरेलले १३ औँ महाधिवेशनपछि नेपाली काँग्रेस पनि सरकारमा आउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेकपा ९एमाले०का पोलिटब्यूरो सदस्य गणेश तिमिल्सिना, वैकल्पिक केन्द्रीय सदस्य तथा सांसद कल्पना चापागाँई, वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, वैकल्पिक केन्द्रीय सदस्य मुना केसी तथा सांसद विकास लम्साललगायतले बोल्नुभएको थियो । रासस

Previous articleनेपाल यु-१९ विश्वकप क्रिकेटको अन्तिम आठमा
Next articleम्यानमारमा सैनिक शासन अन्त्य, संसदमै भयो नाचगान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here