०८ जनवरी २०१६, स्विटजरल्याण्ड। डिसेम्बर २०१५ मा अन्तर्राष्ट्रिय फुटबल सम्मेलन महासंघ (फिफा/FIFA) को एथिक्स कमिटीले तत्कालिन फिफा अध्यक्ष सेप ब्लाटर सहित यूरोपेली फुटबल महासंधहरुको संध (UEFA) का अध्यक्ष मिखेल प्लातिनीलाई फिफामा भएको भनिएको व्यापक भ्रस्टाचारको आरोपमा बर्खास्त गरेको थियो। दुबैलाई महासंघले फुटबलसंग सम्बन्धित कुनैपनि खेल वा कार्यक्रममा सहभागी हुनबाट आठ वर्षको लागि बन्देज लगाईएको छ। सन् २०११ मा सेप ब्लाटरले UEFA काअध्यक्ष मिखेल प्लातिनीलाई रकमान्तर गरेको बीस लाख स्वीस फ्रांक्सको मुद्धामा फिफा एथिक्स कमिटीले सो कदम चालेको थियो।

एसोसिअटेद प्रेस (Associated Press) मा प्रकाशित समाचार अनुसार साठी बर्षीय प्लातिनीले फिफाको अध्यक्ष पदको उम्मेदवारीबाट आफ्नो नाम फिर्ता लिएका छन।फ्रेन्च नागरिक प्लातिनीले यस सर्न्दभमा “मलाई राम्ररी सफाई दिनबाट रोकेको तथा आहिलेको समय आफ्नो साथमा छैन, बाई बाई फिफा, बाई बाई अध्यक्ष पद” भनेका छन। सन २०१६ को फेब्रुवरी महिनामा हुने निर्वाचनमा फिफाको अध्यक्ष पदका लागि अब पाँच जना उम्मेदवारहरु प्रतिस्पर्धामा छन्, जस मध्ये एकजनालाई २०९ फिफा प्रतिनिधिहरुले गोप्य मतदानका माध्यमले उक्त पदमा निर्वाचित गर्ने छन्।

Previous articleतमु परिवार स्विटजरल्याण्डकी संयोजक युक्ता गुरुङको अनुरोध
Next articleबेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपालीहरु समातिने क्रम बढदो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here