संयुक्त अधिराज्य बेलायतमा गैरकानुनी हैसियतमा बसेका नेपालीहरु समातिने क्रम बढेको छ। स्थानिय प्रहरीले घरैमा गएर नेपालीलाई गिरफ्तार गरी नेपाल फर्काउन थालेको छ। गैरकानुनी रूपमा बसिरहेका केही नेपालीहरु प्रहरी हिरासतमा रहेको जानकारी लन्डनस्थित नेपाली दूतावास सम्म आइपुगेको छ।

अध्यागमन अधिकारीहरूको निसानामा अहिले नेपाली विद्यार्थी समेत परेका छन्। अधिकांश विद्यार्थीले भूकम्प पीडित बनेर भिसा बढाउन ‘एफएलआर (ओ) क्याटेगोरिज’ मा आवेदन दिए पनि यूके भिसाएन्ड इमिग्रेसन (यूकेभीआई) ले त्यसलाई सीधै अस्वीकृत गरी ‘डिटेन्सन सेन्टर’ लैजाने वा घरबाटै समातेर नेपाल पठाउन थालेको कानुनी सल्लाहकारहरू बताउँछन।

बेलायती जेल र थुनामा कति नेपाली छन् भन्ने यकिन तथ्यांक लन्डन स्थित नेपाली दूतावास सँग पनि छैन् । कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले डिटेन्सन सेन्टरबाट धेरै फोन आउने उल्लेख गर्दै दूतावासले जेलमा रहेका नेपाली बारे सम्बन्धित निकायसँग तथ्यांक खोजिरहेको जनाए। माइग्रेसन वाच यूकेले बेलायतमा करिब दस लाख गैरकानुनी आप्रवासी रहेकोअनुमान गरेको छ।

स्रोत: ई-कान्तिपुर

Previous articleनिलम्बित मिखेल प्लातिनी फिफा अध्यक्ष पदको प्रतिस्पर्धाबाट बाहिर
Next articleमन्त्री विसेन्द्र पासवान बेल्जियम आउदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here