३० डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। एल निनो (El Nino) नामक मौसमी घटनाका कारण सन २०१६ मा पृथ्वीका विभिन्न भागहरुमा खडेरी र भोखमरी बढ्ने अनुमान गरिएको छ। एल निनोका कारण भूमध्य रेखा क्षेत्रको प्रशान्त महासागरको पानीबाट वातावरणमा अत्यधिक तापको स्थानान्तरण हुने बताईन्छ। जसले गर्दा त्यस क्षेत्रमा पानीको अनियमित छाल, भेल, लहरका साथै कुनै भागमा अतिवृष्टि र कुनै भागमा खडेरी पर्ने छ। एल निनोका प्रभाव अत्यधिक मात्रामा अफ्रिकाका साथै केन्द्रिय अनि दक्षिण अमेरिकामा पर्ने विज्ञहरु बताउछन्। अक्सफाम (Oxfam) जस्ता दातृ संस्थाहरु एल निनोले सिरिया, दक्षिणी सुडान र यमन जस्ता युद्ध ग्रस्त क्षेत्रहरुमा थप समस्या उत्पन्न गर्नेमा चिन्तित भएका छन्। यदि एल निनो प्रभावका विरुद्ध प्रभावकारी कदम चाल्न नसकिएमा लाखौं मानिसहरु भोखमरी र रोगको चपेटामा पर्ने देखिन्छ।

Previous articleल्होसार कार्यक्रममा कुमार पन्त र अर्जुन कुमार श्रेष्ठ स्विट्जरल्याण्ड आउने
Next articleसन् २०१५ का चार प्रमुख घटनाहरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here