३० डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। नेपालको तरल राजनीतिक अवस्थाका कारण सन् २०१५ मा राष्ट्रिय महत्वका विभिन्न घटनाहरु घटे। विनाशकारी भूकम्प २०१५ ले देशमा एक मानविय संकट उत्पन्न गर्यो। सामाजिक, राजनीतिक एवं आर्थिक परिवर्तनका विविध आकांक्षा र आशाहरुका बाबजुद देश र जनता फेरी अल्पकालिन राजनीतिक सोच र द्वन्दको चक्रब्यूहमा फसेको देखिन्छ। नेपाल स्वीस डट कमको विश्लेषणमा सन २०१५ का चार प्रमुख नेपाली घटनाहरु:

१. नेपालको संविधान २०७२: बर्षौको पर्खाई पश्चात नेपाल र नेपालीहरुले नेपालको संविधान २०७२ प्राप्त गरे। संसदको एतिहासीक बहुमतले त्यसलाई पारित गर्यो। नेपालको संविधान २०७२ नेपालको ईतिहासमा सर्वाधिक आधुनिक, प्रगतिशील र समावेशि भएको दाबी गरिन्छ।

२. प्रथम महिला राष्ट्रपति: सन् २०१५ मा नेपालको संसदले प्रथम पटक एक महिलालाई राष्ट्रपति पदमा निर्वाचित गर्यो। पिछडिएको एवं रुढिवादि पूर्ण सामाजिक एवं राजनीतिक संरचनामा पनि ने. क. पा. (ऐमाले) की विध्या भण्डारी नेपालकी पहिलो राष्ट्रपति बनिन्।

३.विनाशकारी भूकम्प २०१५: अप्रिल २५, २०१५ मा नेपालमा गएको विनाशकारी भूकम्प र त्यस पछिका पराकम्पहरुले नेपालमा ठूलो जन धनको क्षति पुर्यायो। संयुक्त राष्ट्र संघको एक प्रतिवेदन अनुसार ३५ जिल्लाहरुका १५ सय भन्दा बढी गाउँहरु भूकम्पबाट प्रभावित भए। एक तत्थाङकका अनुसार १६०००० भन्दा बढी घरहरु भत्किनुका साथै ८ हजार ५ सय भन्दा बढी नेपालीहरुले भूकम्पका कारण ज्यान गुमाए। त्यसै गरी १६००० भन्दा बढी विध्यालय र पाठशालाहरु भत्किएको बताईन्छ। यो भूकम्पले पुर्याएको क्षतिको पुन निर्माणका लागि बर्षौ लाग्ने देखिन्छ।

४. मधेस र पहाड बीचको दूरी: नेपाल र नेपालीहरुले विगतका दशकहरुमा विविध अतिवादी सामाजिक एवं राजनीतिक द्वन्दहरुको सामाना गर्दै देश निर्माणका लागि नयाँ सोंच र दृष्टि बरण गरेको भनिएता पनि संसदले नेपालको संविधान २०७२ पारित गरे देखि देश फेरी द्वन्दमा धकेलिएको आभाष हुनछ। मधेस र पहाड बीचको दुरी बढेको देखिन्छ। यसले नेपालको सामाजिक एवं राजनीतिक परिदृष्यलाई लामो समय सम्म प्रभाव पार्ने देखिन्छ।

President-Ram-Baran-Yadav-announcepg-26-nepal-gettynepal-erdbebenMadeshi-Protest

Previous articleएल निनोले सन २०१६ मा खडेरी र भोखमरी बढाउने
Next articleबासेल, स्विट्जरल्याण्डको एक प्रमुख आर्थिक क्षेत्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here