३० सिसेम्बर २०१५, स्विट्जरल्याण्ड। यहि जनवरी ९ तारीखमा स्विट्जरल्याण्डको बेर्नमा तमु परिवार, स्विट्जरल्याण्डद्वारा आयोजित ल्होसार कार्यक्रममा उपस्थित भई सुभाष सुन्दासको डेबु एल्बम “उडन देउ” विमोचन गर्न गैर-आवासिय नेपाली संघ, अर्न्तराष्ट्रिय समन्वय समितिका उपाध्यक्ष कुमार पन्त र सचिव अर्जुन कुमार श्रेष्ठ स्विट्जरल्याण्ड आउने जानकारी नेपाल स्वीस डट कमलाई प्राप्त भएको छ। ल्होसार कार्यक्रममा सुभाष सुन्दासको लाईभ कन्सर्ट सहित स्विट्जरल्याण्डका कलाकारहरु गौरी गुभाजु, नीता कपुर, शर्मिला मगर र बर्षा हायोजको आकर्षक प्रस्तुति संलग्न एक मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रमको आयोजना गरिने आयोजकहरुले यस अघिनै प्रकाशित सुचनामा जनाएका छन्। कार्यक्रममा सुभाष सुन्दासलाई गितारमा स्विट्जरल्याण्ड बासी प्रतिभाशाली संगीतकार रामु परियारले साथ दिने छन्। संगीतकार परियार पोखराको ओभिराप्तोरस व्याण्डका लिड गितारिष्ट हुन्। उनले नेपालमा आयोजित विभिन्न लाइभ कन्सर्टमा लिड गितारिष्टको भूमिका निभाएका छन्। त्यसै गरी कार्यक्रममा स्वादिष्ट नेपाली खाजा र खानाको व्यवस्था गरिएको जनाइएको छ। आयोजकहरुले कार्यक्रममा उपस्थित भई सहयोग गर्न सबैमा हार्दिक अनुरोध गरेका छन्।

Kumar & Arjun Lho-Chhar 2016 CD pocket NEW Final_resized

Previous articleचिसोले कठ्याङ्ग्रिएर मर्नेको सङ्ख्या १३ पुग्यो
Next articleएल निनोले सन २०१६ मा खडेरी र भोखमरी बढाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here