२५ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। स्पेनमा क्रिसमसको अवसरमा खेलाइने “El Gordo“ अर्थात् “The Fat One” चिट्ठा जित्ने व्यक्तिहरु मध्ये एक सेनेगाली आप्रबासी पनि परेका छन्, जो हाल बेरोजगार छन्। उक्त चिठ्ठाको राशी ४००,००० यूरो अर्थात चार करोड साठी लाख नेपाली रुपैयाँ रहेको छ। उनले सुनाए अनुसार, २० यूरो पर्ने उक्त चिट्ठा किन्दा सम्म पनि उनी तथा उनको श्रीमतीसंग मुस्किलले ५ यूरो प्रति दिन हुन्थ्यो। यस अर्थमा उनी निकै भाग्यमानी हुन्। त्यसैले यो खबरले विश्व समाचार हुने अवसर पायो।

स्थानीय पत्रिका “La Voz de Almeria” ले जनाए अनुसार ३५ बर्षिया Ngame नामका ती भाग्यमानी सेनेगाली २००७ मा मोरोक्को हुँदै स्पेन मा प्रबेस गरेका थिए। उनी अन्य ६५ जना शरणार्थी संगै चढेको डुंगा समुन्द्रमा पल्टेको थियो तर उनी तथा उनको श्रीमतीलाई स्पेनिश नाभिकहरु ले बचाएर Tenerife टापूमा लगेको थियो। स्पेन आएर पछि उनी Andalusia मा बसोबास गर्थे र तरकारी खेतमा पानी हाल्ने काम गर्थे। Andalusia मा ९२,००० मानिसहरु बसोबास गर्छन र झन्डै ३० प्रतिशत मानिसहरु बेरोजगार छन्। तर सो सहर लाई अब कमसेकम एक जना भए पनि करोडपति छन् भनेर गर्व गर्ने अवसर जुटेको छ।

 

स्रोत: बि. बि. सि

 

Previous articleमानसिक रोगी महिला बलात्कार गर्ने भारतीयलाई फाँसीको सजाय
Next articleभुकम्प पुनर्निर्माण प्राधिकरणको सीईओमासुशील ज्ञवाली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here