२४ डिसेम्बर २०१५, स्विट्जरल्याण्ड। भारत, हरियाणाको रोहतक जिल्ला अदालतले मानसिक रुपले अक्षम महिला माथि बलात्कार पछि पाशविक एवं क्रुर हत्या गरेको अभियोगमा सात भारतीयलाई फाँसीको सजाय सुनाएको छ। मानसिक रोगको उपचारका लागि बर्दियाबाट चण्डीगढको पोष्टग्रेजुस्ट इन्स्टिच्यूट अफ मेडिकल साईन्समा गएकी २८ बर्षिया सुनार थरकी नेपाली यूवतीलाई गत फ्रेब्रुअरीमा भारतीय अपराधिहरुले बलात्कार गरी हत्या गरेका थिए।

नौ महिना सम्म चलेको कानुनी प्रकृयामा ५७ जना साक्षी सहित “विशिष्ट प्रकृतिको घटना” भन्दै प्राथमिकताका साथ द्रुत गतिमा न्यायीक प्रक्रिया अगाडि बढाउने अदालतले फाँसीको सजाय सुनाएको हो। अपराधिहरु सबैको उमेर बीस बर्ष भन्दा कम रहेको छ। तिनीहरु स्थानीय खड्डीखेरि, भारतका बासिन्दा हुन्। दोषीहरुलाई अदालतले जनहि १ लाख ७५ हजार भा. रू. जरिवाना पनि तोकेको छ।

अभियुक्तहरुको तर्फबाट वकालत गरेका वकिल दिपक भारद्वाजले अदालतको फैसलाको आदर गर्ने तर दोषीहरु लाई अन्याय भएको दावी गर्दै फैसलाको विरुद्धमा अपील गर्ने बताएको छ। भारतमा बलात्कारका घटनाहरु बढ्दै गएको समाचार प्रति संसार भरिबाट चासो व्यक्त हुन थालेको छ। जस्ले त्यहाँको सामाजिक संरचनाको बारेमा प्रश्न चिन्ह खडा गरेको छ।

स्रोत: बि बि सि डट् कम

Previous articleसन्दर्भ: अन्तराष्ट्रिय प्रवासी श्रमिक दिवस
Next articleस्पेनमा शरणार्थीले जिते करोडौको चिट्ठा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here