गैरआवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा स्विट्जरल्याण्डको अराउमा आयोजित एनआरएन यूरो कप को उपाधि बेल्जियमको चहलपहल क्लवले जितेको छ। अति नै प्रतिस्पर्धात्मक रुपमा सम्पन्न प्रतियोगिताको फाईनलमा हल्याण्डलाई ३-२ को गोल अन्तरले पराजित गर्दै बेल्जियमको चहलपहल क्लवले उपाधि चुमेको थियो। बेल्जियम कै एन बि जुनियर क्लबले तेस्रो स्थान हासिल गर्यो।

उक्त प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका थिए। आयोजक मुलुक स्विट्जरल्याण्डबाट भने एक टिमको मात्रै सहभागिता रहेको थियो। भने बेल्जियमबाट ५ टिमले सहभागिता जनाएका थिए।

स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री दीपक धिताल र गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद्का उपाध्यक्ष भवन भट्ट, महासचिव कुमार पन्त, निवर्तमान अध्यक्ष जीवा लामिछाने, यूरोप क्षेत्रका संयोजक अर्जुन कुमार श्रेष्ठको बिषेश उपस्थिति रहयो।

Previous articleएन .आर. एन .ए स्विट्जरल्याण्ड को राष्ट्रिय महाधिवेशन
Next articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको अध्यक्ष पदमा हिराबल गुरूङ द्वारा उमेद्वारी घोषणा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here