यहि आउदो अगस्त महिनाको १६ तारिक आइतबार का दिन एन .आर. एन .ए स्विट्जरल्याण्ड को राष्ट्रिय महाधिवेशन हुन गइ रहेको छ। सम्पूर्ण स्विट्जरल्याण्ड बासी आदरणीय जनसमुदायमा आफ्नो पंजीकृत सदस्यता फारम भरी एन .आर .एन .ए स्विट्जरल्याण्ड को साधारण सदस्यता ग्रहण गरीदिनुहुन एन आर एन ए स्विट्जरल्याण्ड विनम्र अनुरोध गर्दछ। 

पंजीकृत सदस्यता शुल्क प्रति व्यक्ति २० CHF निर्धारण  गरिएको छ। गैर आवासीय नेपाली हरुको संशोधित बिधान २०१३ अनुशार स्विट्जरल्याण्ड को हक मा स्विट्जरल्याण्ड मा कम्तीमा २ वर्ष बसोबास गरेको हुनुपर्ने छ।  साथसाथै विधान बमोजिम गैर आवासीय नेपाली हो भन्ने आवस्यक कागजात साथै लिई स्विट्जरल्याण्ड को राष्ट्रिय महाधिवेशनमा सहभागी भै दिनुहुन पनि पुनः एन .आर. एन .ए स्विट्जरल्याण्ड सबैमा विनम्र अनुरोध गर्दछ।  पंजीकृत सदस्यता फारम जुलाई २ बाट अगस्त २ सम्म खुल्ला रहेको जानकारी गराउदछौ। 

 

सुबाश पोखरेल

महासचिब

एन आर एन ए स्विट्जरल्याण्ड

Previous articleनेपाली घरका सबै पदाधिकारी निर्बिरोध निर्वाचित
Next articleएनआरएन यूरो कप २०१५ को उपाधि बेल्जियमलार्इ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here