३० मे २०१५, स्विट्जरल्याण्ड। स्विट्जरल्याण्डको बिभिन्न संस्थाको सहभागिता र सहकार्य रहेको स्वीस नेपाली भूकम्प राहत अभियान द्वारा आयोजित च्यारिटि डिनर कार्यक्रम से अस्पतालको कन्फेरेन्स केन्द्रमा भव्यताको साथ सम्पन्न भयो। उक्त कार्यक्रम स्विट्जरल्याण्डका लागि नेपाली राजदूत महामहिम श्री दीपक धितालको प्रमुख आथित्य र जुरीख युनिभरसिटि हस्पिटलका भूतपूर्व डाइरेक्टर प्रोफेसोर डा. मेड. एम. लुटोल्फको बिषेश उपस्थितिमा सम्पन्न भएको थियो। कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै राजदूत धितालले नेपाल एउटा बिषेश परिस्थिति बाट गुज्रिदै गरेको र सम्पुर्ण मित्र राष्ट्रहरुको नेपाल लाई सहयोगको खाचो रहेको बताए। त्यसै अवसरमा प्रोफेसर डा. लुटोल्फले नेपाल जस्तो राष्ट्रमा स्वास्थ्य सुबिधाको न्यायपूर्ण बितरण हुनु पर्नेमा जोड दिए। आयोजकहरुको तर्फबाट स्विट्जरल्याण्डका आठ ओटा संघ-संस्थाको प्रतिनिधित्व गर्दै बासेल समाजका अध्यक्ष सन्तोष राईले स्वागत मनतव्य व्यक्त गरे। स्विस-नेपाली भूकम्प राहत अभियानका संयोजक पितम गुरूङले बिनासकारी भूकम्पका कारण नेपालको अर्थतन्त्रमा पर्ने प्रभाव र उक्त अभियानको लक्ष्य एवं उदश्येका बारेमा प्रकाश पारेका थिए। एन आर एन ए का निवर्तमान अध्यक्ष एवं यूरोपेली राहत र पुन: निर्माण अभियानका सदस्य सचिव डा. विनय श्रेष्ठले आफ्ना छोरा-छोरी नेपालबाट स्विट्जरल्याण्डमा सुरक्षित ल्याई पुर्याए पनि नेपालका त्यस्ता धेरै बालबालिकाहरु अझै सहयोगको प्रतिक्षामा रहेको हुदा आफ्ना छोरा-छोरी स्विट्जरल्याण्डमा सुरक्षित भए पनि भाबुक हुदै हजारौ नेपाली बालबालिकाहरु उकत सुरक्षाबाट बन्चित भएकोले आफू शान्तिले सुत्न नसकेको कुरो बताए। उक्त कार्यक्रमका संयोजक राम महत्तो कार्यक्रम अबधि भर अतिथितिहरुको स्वागत सत्कारमा व्यस्त रहे। त्यसै गरि स्वीस नेपाली समाजका अध्यक्ष मार्कुस रुकस्टुलले एक ऐक्यद्धता मनत्व्य व्यक्त गरे।

Previous articleयुरोप स्तरीय मैत्रीपूर्ण फूटबल प्रतियोगिताको खेल तालिका प्रकाशित
Next articleशुभ लामा एलमरको सहयोग प्रयास स्वीस पत्रिकामा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here