बेर्न।  नेपाली खेल प्रेमीहरूका लागि एक सुखद खबर आएको छ। आउँदो शनिबार, जुन १४, २०२५ मा स्विट्जरल्याण्डमा रहने नेपालीहरू बीच भलिबल प्रतियोगिता आयोजना गरिने भएको छ। बेर्न भलिबल टिमको आयोजनामा हुन लागेको यस प्रतियोगितामा सहभागी भएर आफ्नो शिप र कौशल प्रदर्शन गर्न सबैलाई निमन्त्रणा गरिएको छ।

प्रतियोगिता बिहान ११ बजे सुरु हुनेछ भने स्थानको जानकारी पछि गराइने आयोजकहरूले जनाएका छन्। प्रतियोगितामा अधिकतम ८ खेलाडी सम्मको टिम सहभागी हुन पाउनेछ र दर्ता शुल्क ४५० स्वीस फ्र्याङक तोकिएको छ। जुन ५, २०२५ सम्ममा दर्ता गरि सक्नु पर्ने छ।

प्रतियोगितामा विजेताहरूका लागि आकर्षक नगद पुरस्कार र ट्रफीको व्यवस्था गरिएको छ:

पहिलो पुरस्कार – १००० स्वीस फ्र्याङक र ट्रफी
दोस्रो पुरस्कार – ६५० स्वीस फ्र्याङक र ट्रफी
उत्कृष्ट खेलाडी – ५० स्वीस फ्र्याङक
अनुशासित खेलाडी – ३० स्वीस फ्र्याङक

प्रतियोगिता स्विट्जरल्यान्डमा बसोबास गर्ने नेपालीहरूका लागि मात्र खुला गरिएको छ। खाना तथा पिउनेको पनि उत्तिकै राम्रो व्यवस्था गरिएको आयोजकहरूले जनाएका छन्।

थप जानकारीका लागि सम्पर्क गर्नुहोस्:

विष्णु प्रसाद थापा – 079 387 09 01

विजय आले – 076 607 74 44

लक्क्ष गुरुङ – 076 250 60 43

ओम गुरुङ – 076 830 74 77

यूनिस पुन – 076 310 78 47

Previous articleस्विजरल्याण्डमा सगरमाथा आरोहीहरू सम्मानित
Next articleएनआरएनए स्विट्जरल्याण्डको साधारण सभा र गायक तुलसी शिवाकोटीको सांगीतिक प्रस्तुति हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here