०८ जुन २०१५, स्विट्जरल्याण्ड। शुभ लामा एलमर स्विट्जरल्याण्डका नेपालीहरु बीच एक प्रिय नेपाली दिदि र समाज सेवीका रुपमा परिचित छिन्। उनले बर्षौ देखि नियमित रुपमा स्विट्जरल्याण्डमा नेपाली कलाकारहरु निमन्त्रणा गरि सांस्कृतिक कार्यक्रमहरु गर्ने गरेकि छिन। स्वीट्जरल्याण्डका नेपाली यूवाहरु शुभ दिदिबाट सामाजिक क्षेत्रमा कार्य गर्न प्रेरणा प्राप्त गरेको बताउँछन्।

स्विट्जरल्याण्डको तिनै शुभ दिदि अहिले नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ आफ्नो क्षेत्रमा राहत संकलन गर्न लागि परेकि छिन्। उनले स्वीस-नेपाली भूकम्प पीडित राहत अभियानले अवलम्बन गरेको एन. आर. एन. ए., आई. सी. सी. को १००० घरहरु निर्माण गर्ने योजना अर्न्तगत स्विट्जरल्याण्डबाट ५ देखि १० वटा घरहरु बनाउन सहयोग गर्ने उदेश्य अर्न्तगत अर्थ संकलनमा सक्रिय भएकी छिन्। उनको प्रयासको सम्मान गर्दै उनलाई सहयोग गर्ने हेतुले “Südostschweiz“ पत्रिकाले यस सम्बन्धमा विशेष महत्वका साथ एक लेख प्रकाशित गरेको छ।

स्वीस नेपाली भूकम्प पीडित राहत अभियानका संयोजक पितम गरुङले शुभ दिदिको योगदानको प्रसंशा गर्दै सम्पूर्ण नेपाली समाजले उहाँको काममा गर्व गरेको बताएका छन्।

उक्त लेखको पूर्ण पाठ………………

Subadidi 1

Previous articleजुरीखमा च्यारिटि कार्यक्रम
Next articleयुरोप स्तरिय नेपाली फूटबल खेलको तयारी पूरा, लामिछानेसहित उच्चस्तरिय नेपालीको जमघट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here