प्रा. धर्मराज कोइराला

देख्छु मेरै शृजन विविधा न्यानु दीप्ती प्रकाश
श्रद्धा गर्लान्  प्रकटित नयाँ शील्पी ठानेर खास
श्रोतैलाई पनि कुलचने श्वार्थ धिक्कार कर्म
कस्तैगर्दा पनि नवुझने लाग्न थाल्यो अचम्म। 


हेर्छु फर्की  विगत सपना झै भयो के थियो ?
मर्ने चोला कति कहिरहुँ खर्चिये के भयो ?
आशा मर्दै थकित मन शन्तुशष्टी गर्ने उपाधि 
नाचुन् सारा भ्रमर रसमा फूलको वासपाई। 

ईच्छा तृश्णा सव मरिसके जागरै छैन केही
शिल्पीउर्जा रहित भ्रमको खेति गर्दैन कोही
आफ्नुभन्ने मनविच रहे के थियो के थिएन
वग्ने पानी सरी मन दिए विर्सने स्रोत छैन। 


स्वार्थी को हो सरि? यसलोकैभरी पाइदैन 
ज्ञानि दानि अरुसरी कुनै भित्र मै देखिदैन
वोलि अड्र्क्यो मन मुटुभरी शव्द खुल्दैन केही
आखा डुल्छन् नरतकी सरी अर्थ खुल्दैन केही। 

Previous articleनुवाकोट काठमाडौं पत्रकार समाजको शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम
Next articleएनआरएन बेल्जियमको एघारौ साधारण सभा सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here