बेर्न। स्विट्जरल्याण्डका नेपाली समुदायलाई लक्षित गर्दै आगामी २० जुन २०२६ शनिबारका दिन बेर्नमा एक भव्य “नेपाली सांस्कृतिक कार्यक्रम” आयोजना हुने भएको छ। कार्यक्रमको आयोजना हिमालयन एग्रो ट्रेड ले गर्ने जनाएको छ।

कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका शान्ता रानी परियार को विशेष सांगीतिक प्रस्तुति रहनेछ। सांगीतिक यात्राको क्रममा परियारले विभिन्न चर्चित कलाकारहरूसँग सहकार्य गर्दै लोकदोहोरी तथा पञ्चेबाजा गीतहरूमा स्वर दिएकी छन्। उनका चर्चित गीतहरूमध्ये “ढले ढले”, “स्याउली बजारमा” र “पोखरा पृथ्वीचोकमा” लगायतका गीतहरू दर्शक तथा श्रोतामाझ लोकप्रिय रहेका छन्।

स्थान Haus de Sports, Talgut-Zentrum 27, 3063 Ittigen bei Bern मा आयोजना हुने कार्यक्रम दिउँसो २:०० बजे बाट सुरु हुनेछ।

अग्रिम खरिद गरेमा टिकट शुल्क ३५ स्विस फ्र्याङ्क र कार्यक्रमस्थलमै खरिद गर्नेहरूका लागि ४० स्विस फ्र्याङ्क तोकिएको छ। टिकटसँगै नेपाली परिकारका खाजा तथा पेय पदार्थ समेत उपलब्ध गराइने जानकारी दिइएको छ।

टिकट तथा थप जानकारीका लागि  ०७७ ४३१ ९४ ४५ मा सम्पर्क गर्न सकिनेछ। भुक्तानी TWINT मार्फत गर्न सकिने व्यवस्था गरिएको छ।

Previous articleयूईएफए च्याम्पियन्स लिग २०२६ पीएसजी लगातार दोस्रो पटक विजयी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here