रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंको आयोजना तथा रोट्र्याक्ट क्लब अफ डिल्लिबजारको सहकार्यमा “विद्यालयस्तरीय बालबालिकासँग सडक सुरक्षा सचेतनामूलक कार्यक्रम” सम्पन्न भएको छ।
सोमबार काठमाडौँको मैतिदेवीस्थित अल्बर्ट सेकेन्डरी स्कूलमा सम्पन्न उक्त कार्यक्रममा सोही बिद्यालयका कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो । उक्त कार्यक्रममा कार्यक्रम संयोजक रोटरियन दामोदर नेपालले सडक सुरक्षा सम्बन्धी प्रस्तुति दिनुभएको थियो। उहाँले सडकमा सुरक्षित रूपमा कसरी हिँड्ने, सडक दुर्घटना न्युनिकरणका लागि सडक प्रयोगकर्ताको भूमिका कस्तो हुन्छ ? ट्राफिक नियमहरूको पालना किन आवश्यक छ ? सडक दुर्घटना कम गर्न विद्यालयका बालबालिकाहरुको भूमिका कस्तो हुन्छ ? के कस्ता कारणहरुले गर्दा सडक दुर्घटना बढेका छन् ? सडक सुरक्षाको महत्व किन छ ? तथा आफूले सिकेका कुराहरू अरूलाई समेत कसरी जानकारी गराउने लगायत सडक सुरक्षा सम्बन्धी समग्र विषयवस्तुहरुका बारेमा बुँदागत रुपमा विद्यार्थीहरूलाई जानकारी गराउनुभएको थियो।
कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्टहरूले पनि सडक सुरक्षा सम्बन्धी आफ्नो धारणा व्यक्त गर्दै बालबालिकालाई सचेत र जिम्मेवार नागरिक बन्न प्रेरित गर्नुभएको थियो।
रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ ले मे १३ देखि मे १९ सम्मलाई “रोड सेफ्टी सप्ताह” का रूपमा मनाउने घोषणा गरे अनुसार सोही अभियान अन्तर्गत उक्त कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा क्लब प्रेसिडेन्ट प्रेम कुमार वली, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, प्रेसिडेन्ट इलेक्ट सुजिता अधिकारी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्भू पोखरेल, शिक्षक–कर्मचारी तथा रोटर्याक्टका भाइबहिनीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

 

Previous articleरोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंद्वारा आयोजित विद्यालयस्तरीय आँखा स्वास्थ्य शिविर सम्पन्न
Next articleरोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंको २७ औँ स्थापना दिवस सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here