-अर्जुन कुमार श्रेष्ठ, सचिव, गैर-आवासीय नेपाली संघ

गैर-आवासीय नेपाली संघले करिब एक दशकको यात्रामा विभिन्न चरणहरु पार भएका छन्। एक दशकलाई सूक्ष्म ढंगले विष्लेषण गर्ने हो भने सुरुका चरणमा यस संघको उपादेयता, गठन, साँगठनिक संरचना तयार गर्ने र नेपालीहरु पुगेका सबै संभाव्य मुलुकहरुमा गैर-आवासीय नेपाली संघ खोल्ने प्रयासहरु भए। जुन अविधिन्न रुपमा चलिरहेको छ।

प्रवासमा रहेका नेपालीहरुले आर्जेको पूँजि र उद्यमशिलतालाई नेपालमा लगानी गरेर आर्थिक रुपमा संमृद्ध नेपाल बनाउने दूरदृष्टि लिएको  यस संस्थाले विभिन्न कालखण्डमा विभिन्न योजनाहरु तर्जुमा गर्यो। तर्जुमा गरेका कार्यक्रमहरुले अपेक्षित उपलब्धीहरु क्रमिक रुपमा हाँसिल गर्दै जाने क्रममा प्रवासमा रहेका नेपाली नेपाली बीचको संजाल निर्माण गर्न र मातृभूमि प्रतिको  संबन्धलाई अटूट बनाउँदै यसलाई प्रर्वद्धन गर्न एनआरएन अभियान शानदार रुपमा सफल भएको छ। नेपाली नागरिकताको निरन्तरताको मुद्दा आँफैमा अत्यन्तै जटिल र संवेदनशील हुँदाहुँदै पनि नेपाल सरकारले गैर-आवासीय नेपाली परिचय पत्र र यसैसंग जोडेर विभिन्न हक अधिकारहरु प्रदान गर्नुले नेपाल सरकारले नेपाली नगरिकतालाई निरन्तरता दिनेछ भन्ने सूचकको रुपमा लिईनु पर्दछ।

एनआरएनलाई सबैको साझा संगठन बनाउनको लागि धेरै चुनौतिहरु छन। गैर-आवासीय नेपाली संघको विधानले निर्दिष्ट गरेको मापदण्डका आधारमा गैर-आवासीय नेपालीहरुलाई, धेरै संख्यामा सो संघमा आवद्ध गराउँदै लैजान जरुरी छ। गैर-आवासीय नेपाली संघलाई साझा अथवा छाता संगठन बनाउन सकिएला अथवा नसिएला भन्ने विषय प्रधान नै छ।

एनआरएन अभियान अन्तर्गत आएका महत्वपूर्ण चुनौतिहरु मध्ये दोस्रो पुस्ताका गैर-आवासीय नेपालीहरु नै हुन्। दोस्रो पुस्ताका एनआरएनहरुलाई नेपालप्रतिको  उत्तरदायित्व बोध गराउनको लागि एनआरएनले आवश्यक निति तथा कार्यक्रम तत्काल तर्जुमा गर्नु पर्दछ। समाजशास्त्रीय दृष्टिकोण अनुसार संबन्धित बसाईको मुलुकको संस्कार र संस्कृतिमा अन्तरघुलन हुने कुरा स्वभाविकै हो। तर पनि नेपाल, नेपाली भाषाहरु, नेपालीपन र नेपाली मनलाई अब आउने पुस्ताहरुमा शसक्त रुपमा जिवित बनाइराख्नु हाम्रो कर्तव्य हो।

“एकपटकको नेपाली सधैंको नेपाली” भन्ने शंशोधित अर्न्तराष्ट्रिय अभियानले दोस्रो पुस्तालाई पर्ने दीर्घकालिन असरका बारेमा पनि सूक्ष्म विश्लेषण हुन जरुरी छ। एक पटक पनि नागरिकता नलिएका बालबालिकाहरुलाई सधैंको लागि नेपालसंगको नाता टुट्ने त होइन?

विभिन्न उद्देश्यहरु र लक्ष्यका साथ यूरोपेली मुलुकहरुमा, सामुदायिक, क्षेत्रीय, जातीय तथा सामाजिक संघ-संस्थाहरु खोलिएका छन्। समग्रमा आपसी गलत प्रतिस्पर्धा भन्दा पनि आफ्नो मौलिकतालाई जिवन्तता दिनको लागि यी संघहरुले काम गर्न सक्नु पर्दछ। शोधपत्रहरुले देखाए अनुसार दोस्रो पुस्ताका नेपाली बालबालिकाहरु नेपाली कार्यक्रममा सहभागि हुन नरुचाउने देखिएको छ। यसलाई कम गर्नको लागि नेपाली कार्यक्रमहरु रोचक एवं चुस्त बनाउँदै बालबालिका एवं परिवार केन्द्रित कार्यक्रमहरु संचालन गर्नु पर्ने आवश्यकता देखिन्छ।

बेलायत बाहेक यूरोपेली मुलुकमा नेपालीहरुको बसाईलाई विष्लेशण गर्दा प्रथम पुस्ता नै मान्नु पर्दछ। यहाँको भाषा, कानून र संस्कृतिका कारण धेरै संख्यामा नेपालीहरु प्राज्ञिक क्षेत्रमा ठूलो पहुँच पर्याउन सक्ने देखिन्छ। यसले एनआरएनले परिकल्पना गरेको सीप, पूंजि तथा उद्यमशीलतालाई नेपालमा लगानी गरी संमृद्ध मुलुक बनाउन महत्वपूर्ण भूमिका खेल्नेछ।

-साभार: स्विटजरल्याण्डको जुरीखमा सन २०१३ मा आयोजित छैठौं एनआरएनए यूरोपली क्षेत्रीय बैठकको अबसरमा प्रकाशित “नेपालय” स्मारिका।

Previous articleएनआरएनले थालेको पुनःनिर्माण उदाहरणीय हुनेमा बिश्वस्त छु, प्रधानमन्त्री दाहाल
Next articleविश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल र नेदरल्याण्ड आज खेल्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here