२९ साउन, काठमाण्डौं। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा आज नेपाल र नेदरल्याण्ड खेल्दै छ।

नेपाली समय अनुसार दिउँसो पौने चार बजेबाट खेल सुरु हुने छ। नेदरल्याण्ड १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ । नेदरल्याण्डविरुद्धको खेल नेपालका लागि निकै महत्वपूर्ण छ ।
अघिल्ला चार खेलमा जित हात पारेको घरेलु टोली नेदरल्याण्ड बलियो टोली हो । विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेपालले नेदरल्याण्डमाथि दुई विकेटको जित हात पारेको थियो । नेपालले नेदरल्याण्डसंग आफ्नो दोस्रो खेल सोमबार खेल्नेछ ।

Previous articleगैर-आवासीय नेपाली संघ र दोस्रो पुस्ता
Next articleज्योति मगर र नबिन पौडेलले यूएईमा स्टेज तताउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here