१२ बैशाख २०७३, स्विटजरल्याण्ड। २०७२ साल बैशाख १२ गते गएको बिनासकारी भूकम्प प्रभावित क्षेत्रको पुनर्निर्माण सहयोग संकलनका लागि स्विटजरल्याण्डका गुणराज शर्मा र हिरालाल श्रेष्ठद्वारा तयार पारिएको बृतचित्र भूकम्प स्मृति दिवस पारी यहाँ सार्वजनिक गरिएको छ। यो बृतचित्र सन २०१५ को जुन महिनामा तयार पारी एक राहत संकलन कार्यक्रममा समेत प्रस्तुत गरिएको थियो।



