विश्व स्वास्थ्य संगठनले दक्षिण अमेरिकी मुलुकहरुमा जीका भाइरस फैलन सक्ने खतरा रहेको जनाएता पनि अन्य महादेशमा पनि यो रोग फैलने खतरा छ। यस रोगले प्रभाबित व्यक्तिमा रुघा लाग्ने, आँखा पाक्ने, मांसपेशी दुख्ने, टाउको दुख्ने जस्ता सामान्य रुघखोकिमा देखिने जस्तै लक्षणहरु देखापर्दछ। रोगले संक्रमण गरेको पहिलो हप्तामा बिरामीको रगतमा यो रोगका जीवाणु भेटिन्छन र सो बिरामीलाई टोकेको लामखुट्टेले अर्को व्यक्तिलाई रोग सार्न सक्दछ। संक्रमण भएका ५ मध्य १ व्यक्तिमा संक्रमण पूर्ण रोगको रुपमा बिकसित हुन्छ।

अहिले सम्ममा उत्तर तथा दक्षिण अमेरिकी गरी जम्मा २१ देशहरुमा यो रोगका बिरामीहरु भेटिएका छन्। यो रोगले खासगरी भ्रूणलाई गर्भाबस्था मै प्रभाब पार्दछ र मस्तिस्कको स्वाभाविक विकास हुन पाउदैन। जसका कारण पछि जन्मने नवजात शिशु सानो आकारको दिमाग (microcephaly) लिएर पैदा हुन्छन्। यस रोगको उपचार तथा खोप पत्ता नलागेको हुनाले प्रारम्भिक रोकथामको लागि प्रभावित देशहरुका महिलाहरुलाई अर्को २ – ४ बर्ष गर्भवती नहुन सार्वजनिक रुपमै आग्रह गरिएको छ।

अफ्रिकी मुलुकबाट फैलिएको आशंका गरिएको यो रोग दक्षिण अमेरिकी मुलुक ब्राजिलमा सर्बप्रथम देखापरेको थियो। जीका भाइरस एडिज जातको लामखुट्टेले सार्ने हुँदा ट्रोपिकल (tropical) मौसम भएको देशहरुमा फैलन सक्छ। एडिज जातको लामखुट्टेले सार्ने डेंगु (Dengue) तथा चिकनगुन्या (Chikungunya) नेपालमा गर्मी महिनामा देखापर्ने रोगहरु हुन्। यहि कारण नेपाल लगायतका देशहरुमा यो रोग भित्रन सक्ने सम्भावना रहेको हुँदा नेपाल सरकारले जनस्वास्थ्य संस्थाहरु मार्फत निगरानी गर्दै सर्ब-साधारणलाई यो रोगको बारेमा सूचना जारी गरी सचेत गराउनु आवश्यक देखिन्छ।

-डा. विजय मल्ल

Previous articleहिमआँधीबाट साढे ८ करोडभन्दा बढी प्रभावित
Next articleऐकबद्धता: आल्सटोमका कर्मचारीहरुको पक्षमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here