अमेरिकामा भीषण हिमआँधीबाट साढे ८ करोडभन्दा बढी मानिसहरु प्रभावित भएको अधिकारीहरुले बताएका छन्।

हिमआँधीका कारण पूर्वी तटीय क्षेत्रका अधिकांश भाग ठप्पप्राय छन्।

वासिङ्गटन र न्यूयोर्कसहितका क्षेत्र हिमआँधीका कारण ठप्पप्राय भएका हुन्।

न्यूयोर्कका गभर्नर एन्ड्रिव क्योमोले पुल, भूमिगत मार्ग, सबवे र सडक यातायातबाट अत्यावश्यक बाहेकका सम्पूर्ण यात्रामा प्रतिबन्ध लगाइएको घोषणा गरेका छन्।

डरलाग्दो

उनले भने, “कठिन स्थितिमा धेरै मानिसहरु सडकमा छन्, स्थिति डरलाग्दो छ, मानिसहरुको ज्यान पनि गुम्न सक्ने अवस्था आउन सक्छ।”

अधिकारीहरुका अनुसार केही क्षेत्रमा झण्डै एक मिटर बाक्लो हिउँ जमेको रेकर्ड गरिएको छ।

भारी हिमआँधीका कारण सडक यातायात, रेल सेवा र हवाई सेवा ठप्प भएका छन्।

२० लाखभन्दा बढी मानिसहरु बिजुलीबिना बाँच्न बाध्य भएका छन्।

न्यूयोर्कका मेयर बिल डे ब्लाजियोले उक्त शहरमा अहिलेसम्म नआएको हिमआँधी हुन सक्ने बताएका छन्।

अधिकारीहरुका अनुसार हिमआँधी आइतबारसम्म रहन सक्छ।

आपतकालीन

त्यसका कारण एक अर्ब डलरभन्दा बढीको क्षति पुग्ने अधिकारीहरुको अनुमान छ।

शुक्रबारदेखि अमेरिकाका २० भन्दा बढी राज्यमा हिमपात शुरु भएको थियो।

हालसम्म कम्तीमा १३ जनाको ज्यान गएको छ र ११ वटा राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको छ।

केन्ट्की र पेनसिल्भेयामा १२ घण्टासम्म ट्राफिक जाम भएको थियो।

अमेरिकी संघीय सरकारले आफ्ना कारकारवाही शुक्रबार मध्यान्हदेखिनै बन्द गरेको छ।

राष्ट्रपति बराक ओबामा ह्वाइट हाउसमै सीमित भएका छन्।

-बीबीसी नेपाली

Previous articleसजिलो छैन जीवन
Next articleजीका भाइरस नेपालमा पनि फैलन सक्छ

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here