२५ जनवरी २०१६, स्विटजरल्याण्ड। लगभग ५०० जना मानिसहरु आल्सटोमका कर्मचारीहरु का पक्षमा ऐकबद्धता जनाउन गत शनिबार २५ जनवरी २०१६ मा बाडेनमा जम्मा भएका थिए। आल्सटोमको स्वामित्व लिएको जेनेरल ईलेक्ट्रिक्सले दुई हप्ता अगाडी आल्सटोम बाडेन र उन्टरसिगेनथालमा आफ्नो कर्मचारी संख्या ५५०० मध्यबाट १३०० घटाउने जनाए पछि मजदुर संगठनहरुयुनिया र सिनाले उक्त्त ऐक्बद्धता कार्यक्रम आयोजना गरेको थियो। आल्सटोमले आउँदो दुई बर्षभित्र माथि उल्लेखित कर्मचारी संख्या घटाउने लक्ष्य राखेको छ, जुन स्विटजरल्याण्डमा कुनै पनि कम्पनिले विगत १५ बर्षमा गरेको सबै भन्दा ठूलो कर्मचारी कतौति हुनेछ। जेनेरल ईलेक्ट्रिक्सले यूरोप क्षेत्रबाट आफ्नो ३५ ००० कर्मचारीमध्यबाट ६५०० कटौति गर्दैछ। कार्यक्रमका एक वक्त्ता बाडेनका नगर प्रमुख गेरी म्युलरले कर्मचारी कटौति भएपनि आल्सटोले आफ्ना दुईवटा विभागहरु बाडेनमा सार्ने निर्णय गरेकोले बाडेनका लागि उक्त्त कुरा एक अवसर भएको बताए। त्यसैगरी एस. पे. पार्टीका सांसद सेड्रिख वेरमुथले संधिय सरकारका राष्ट्रपति एंव मन्त्रि योहान स्नाईडर-अम्मानलाई लक्षित गर्दै विश्व आर्थिक मञ्च (World Economic Forum) मा प्रोसेक्को पिउने र केक खानेमात्र नभई जनताहरुको घरदैलोमा आउन आव्हान गरे। युनिया र सिनाका प्रतिनिधिहरुले समस्याको दिर्धकालिन समाधानका लागि एक राष्ट्रिय कार्यनीति बनाउनु पर्नेमा जोड दिएका छन्। (Tages-Anzeiger, २५ जनवरी २०१६मा प्रकाशित हेलेन आर्नेटको लेखमा आधारीत)

Previous articleजीका भाइरस नेपालमा पनि फैलन सक्छ
Next articleप्रवासी नेपालीका संघ-संस्थामा किन हुन्छ विवाद?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here