गैर-आवासिय नेपाली संघ, स्विट्जरल्याण्डले संघका अर्न्तराष्ट्रिय समन्वय परिषदका वर्तमान कोषाध्यक्ष एवं केन्द्रिय महासचिव पदका उम्मेद्वार डा. के. सी. संग जुरीखमा एक अर्न्तक्रिया कार्यक्रम आयोजना गर्यो। उक्त कार्यक्रममा आफ्नो मन्तव्य राख्दै डा. के. सी. ले आफू संस्था स्थापना कालदेखि सक्रिय रहदै संस्थाको विभिन्न पदहरुमा जिम्मेवारी निभाएको र यस क्रममा संगालेको अनुभवको आधारमा आफूलाई संघको महासचिव पदका लागि परिपक्क एवं उपयूक्त ठानी उक्त पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेको बताए। अर्न्तक्रियाकै क्रममा उनले बिगतका बर्षहरुमा गैर-आवासिय नेपाली संघले प्राप्त गरेको सफलता र भविष्यका चुनौतिहरुका बारेमा कार्यक्रमका सहभागिहरु माझ आफ्नो विचार राखेका थिए। त्यसै गरी महिला संयोजक सपिला राजभण्डारीले गैर-आवासिय नेपाली महिलाहरुको चुनौति, बिषेश गरी खाडी क्षेत्रमा कार्यरत महिलाहरुको पिडादायी अवस्थाको बारेमा चर्चा गर्दै आफ्नो कार्यकालमा सम्पन्न भएका महिला सम्वन्धि कार्यक्रमहरुका बारेमा जानाकारी गराईन।

Previous articleविश्वकै होचा व्यक्ति चन्द्रबहादुर डाँगीको निधन
Next articleनेपाली मसाज विदेशमा लोकप्रिय साथै ब्यबसायिक हुदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here