१२ साउन, काठमाडौं । लिबियाको एक अदालतले कर्नेल गद्दाफीका छोरा सैफ अल इस्लामाका साथै अन्य सात जनालाई मृत्यु दण्डको सजाय सुनाएको छ ।

मृत्यु दण्डको सजाय पाउनेमा गुप्तचर विभागका पूर्व प्रमुख अब्दल्ला अल सेनसी र पूर्व प्रधानमन्त्री अल बगदादी अल महमुदी पनि छन् । उनीहरु सबैलाई गोली हानेर मृत्यु दण्ड दिइनेछ ।

कर्नल गद्दाफीका सहयोगी एवं निकट रहेकाहरु ३० जनामाथि मुद्धा चलिरहेको थियो । अन्यलाई भने ५ वर्षदेखि आजीवान कैदको सजाय सुनाइएको छ ।

सैफ अल इस्लामका वकीलले अभियोग गैरकानुनी भएको बताए । संयुृक्त राष्ट्रसंघ र एमनेष्टीले पनि मुद्धाको प्रक्रियामाथि प्रश्न उठाएको छ ।

उनीहरु सबैमाथि युद्ध अपराध र २०११ मा भएको शान्तिपूर्ण विरोध प्रदर्शन दबाएको आरोप छ । सैफ अल इस्लाम भिडियो लिंकमार्फत अदालतमा पेश भएका थिए ।

उनलाई जिन्तानको शहरमा एक पूर्व विद्रोही दलले कैदमा राखेको छ ।

कर्नल मोहम्मद गद्दाफी १९६९ देखि २०११ सम्म लिबियाको राष्ट्रपति थिए । २०११ अक्टोबरमा गृहयुद्धपछि उनी अपदस्त भएका थिए ।

त्यसको केही महिनापछि एनटीसीको चरमपन्थीले उनलाई मारेका थिए ।

-अनलाईन खबर

Previous articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको महाधिवेशन जुरीख शहरमा, सदस्यता लिने समय अगष्ट ७ तारिख सम्म
Next articleस्विट्जरल्याण्डमा अध्यक्षका उम्मेद्वारका बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here