आउदो अगस्त महिनाको १६ तारिक आइतबारका दिन एन .आर .एन .ए स्विट्जरल्याण्ड को राष्ट्रिय महाधिवेशन स्विट्जरल्याण्ड को सुन्दर सहर जुरिच मा हुन गैरहेको छ। सम्पूर्ण आदरणीय स्विट्जरल्याण्ड बासी जनसमुदायलाई उपस्थित भई राष्ट्रिय महाधिवेशनलाई सफल बनाउनका लागि एन .आर .एन .ए  स्विट्जरल्याण्ड सबैमा विनम्र अनुरोध गर्दछ। उक्त महाधिवेशनबाट आगामी २ वर्षको लागि सक्षम नेतृत्व छान्नु पर्ने आवस्यकता भएकोले एन आर एन ए स्विट्जरल्याण्ड ले विष्णु थापा को अध्यक्षतामा एक निर्वाचन कमीटी गठन गरेको छ। निर्वाचन कमिटीले आफ्ना कार्यक्रमहरु सार्वजनिक गर्दै जाने नै छ। हामीले सम्पूर्ण स्विट्जरल्याण्ड बासी नेपालीहरु, नेपाली मूलका बिदेशी हरुलाई पंजीकृत सदस्यता लिन आग्रह गरीसकेका छौं। अगस्त २ तारिक सम्म सदस्यता लिन सूचना जारी गरे पनि तपाईं स्विट्जरल्याण्ड बासी नेपाली हरुको चाहना वमोजिम हामीले पंजीकृत सदस्यता लिने समय अगस्त ७ तारिक सम्म बढाएका छौं। उक्त मीति सम्ममा सबैले एन .आर .एन. ए स्विट्जरल्याण्ड को पंजीकृत सदस्यता लिई राष्ट्रिय महाधिवेशन लाई सफल बनाई दिनुहुनेछ भन्ने विश्वास लिएका छौं। तपाईं हरुकै सहयोग र सुझाव अनुशार एन. आर. एन. ए स्विट्जरल्याण्ड अगाडी बढ्नेछ भन्ने प्रतिबद्दता जाहेर गर्दछौं। 

 

 सुबाश पोखरेल

 महासचिब

एन .आर. एन .ए स्विट्जरल्याण्ड 

Previous articleएनआरएन महिला समिति बेल्जियमले भूकम्प पिडित महिला लाई सहयोग गर्ने
Next articleगद्दाफीको छोरालाई गोली हानेर मृत्युदण्ड दिन आदेश

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here