चीनका प्रख्यात दार्शनिक कन्फ्युशियसले कुटनितीलाई पनि दांत र जिब्रो संग तुलना गरेर राम्रो उदाहरण पेश गरेका छन। जब कुनै नवजात शिशु जन्मिन्छ, उसको मुखमा एउटा पनि दांत हुंदैनन्। तर उसका मुखमा जिब्रो भने जन्मेदेखी नै स्वाद लिन सक्ने र बिकशित भैसकेको हुन्छ। जन्म देखी मृत्यु सम्मनै जिब्रो शरीरको अरु अंग भन्दा बढी चलायमान, संबेदनशिल र नरम हुन्छ, त्यसैले जन्म पर्यन्त सजग र उपयोगी हुन्छ। समय बित्दै जान्छ, नवजात शिशु हुर्कंदै जान्छ, उसमा अनेक परिवर्तन आउन थाल्छ। जन्मेको केही महिना पछि उसको मुख भित्र दांत का टुषा देखिन थाल्छ। पहिले त दुधे दांत हरु राम्रा हिसीलाग्दा र आकर्शक देखिन्छन। बिस्तार बिस्तार उसको दांतले आफ्नो शौन्दर्य तागत र शक्ती को अहंकार प्रदर्शन गर्न थाल्दछ। जब दांतले चपायर टुक्रा टुक्रा पारेर चकनाचुर पार्छ त्यसको स्वाद भने सबै जिब्रोले लिन्छ । तर पनि दंभी दांतहरुले भने जिब्रोलाई हेंला गर्न थाल्दछ। समय काल परिस्थिती दांतको पक्षमा हुन्छन, दांतहरुको शख्या र शक्ती बढदै जान्छ, दांतको साथ दिन बङ्गारा र बुद्धी बङ्गारा जन्मन्छन, दांतको जमातको झन झन शान-शौकत बढेर जान थाल्छ। उसले दांया बांया तल माथी सबैलाई भुशुना जस्तो देख्न थाल्छ। उ बिना शंशार नै चल्दैन भन्ने हुंकार गर्न थाल्छ। तर एक दिन यस्तो पनि आउंछ जब दांत र बंगारामा किरा लाग्न थाल्छन। सबै भन्दा जब्बर मानिने बुद्दी बङगारामा समेत किरालागेर खाल्डो पर्न थाल्छ। तर पनि उसको पुरानो दम्भ र अहंकार भने अझै पनि दिन दिनै बढेर गएको भान पर्न जान्छ। तर एक दिन यस्तो पनि देख्नु पर्ने हुन्छ जब यी बलिया बलिया दांत र बङ्गाराहरु बिस्तार खिईंन थाल्छन। दांतको टोक्ने चपाउने क्षमतमा ह्राश आउन थाल्छ। जब दांतको आफ्नै दम्भको कारणले अरुले उसको वास्ता गर्न छाडछन, दांतमा लाग्न शुरु हुन्छ। बिचरा दांतलाई आफ्नो शुरक्षा र बचाउको लागी आफैले केहि गर्न सक्दैन र बाहिरिया को सहयोग र सहायताको लागी गिडगिडाउनु पर्ने अवस्था आईपर्छ। अब उसले बाहिरको शक्ती नधाई उसले शुखै पाउंदैन। जब उ डन्टिष्ट भनिने बाहिरी बिशेषज्ञको शरण पर्छ, त्यो बाहिरिया बिशेषज्ञले उसको दुखाई र पिडाको वास्तै नगरी घोच्न र रेट्न थाच। तर पनि शान्त र शालिन जिब्रोले उसको घमण्डीपनको वावजुतपनि उसलाई सहयोग र शान्त्वना दिईनै रहेको हुन्छ। अनी बाहिरियाहरुको निर्मम व्यबहारले दांत मात्र होईन जिब्रो र सारा शरीरले पिडाको महशुस गर्न थाल्छन। तर समय भने गुज्रिसकेको हुन्छ। यस्तो बेलामा बाहिरियाले ठिक गरे पनि बेठिक गरेपनि बिचरा दांतको कारणले शम्पुर्ण शरिरले अशहाय भएर शहनु बाहेक के पो गर्न सक्छ र ! तर एकदिन त यस्तो पनि आउंछ जब शरीरको सबै भन्दा बलियो र शक्तीशाली मानिने दांत र बंगाराहरु एक एक गरेर झर्दै जान थाल्छन । तर यी सबैकुराहरुको एक मात्र शाक्षी हुन्छ। त्यसले सबैकुरा हेरिरहेको हुन्छ। जिब्रोले दांत को जन्म देखी बिकाश , दम्भ, अहंकार र चुरी-फुरी संधै हेरी नै रहेको हुन्छ, उसको हप्की दप्की र हेपाईलाई खपी नै रहेको हुन्छ। तर त्यो एकमात्र नरम र शालिन जिब्रो भने शरिर ले अन्तिम पलसम्म पनि शरिरको शाथै रहिरहेको हुन्छ। उ संगै जन्मिन्छ र संगै खरानीमा परिणत हुन्छ। जिब्रोले जन्म देखी नै असल शंस्कार लिएर आयको हुन्छ। उसका बिचार नरम र हितकारी हुन्छन। उसले शरीर लाई जिउनुको श्वाद दिलाउंछ। मुखमा हालेको खाना गुलियो, अमिलो पितो भनेर चेत गराउंछ। तपाई जिब्रो नभएको शरीरको कल्पना गर्नुस्। तर जिब्रो ले बाटो बिरायो भने बलिया बलिया दांत, बंगारा र केहिले पनि शरिरलाई जोगाउन सक्दैन। तीन ईंच को जिब्रोले बोलेर तिन हातको शरिरलाई नै पतन गर्ने क्षमता पनि राख्दछ।

अब आजका नेपालका बरिष्ठ र शिर्श नेताहरु भनेको बलिया दांत र बंगारा हुन। शरिर बनेको नेपाल आमाको दांत जस्ता भएकाछन्। जिब्रो भनेको जनता र जनमत हो। नेपालका लोकतान्त्रिक नेताहरुको चार शिर्ष पार्टी र यसका नेताहरु भने कही नभएका चार बुध्दी बंगारा हु भनि शेखी गर्छन। उनीहरुको सेखी झार्ण खोज्ने अरु बिरोधी दलका नेता हरु भने बुद्धी बंगारा भन्दा केही परक छैनन। उनीहरुको पनि जात पात र प्रकृती र प्रबृत्ती त एकै नहो, उनीहरु सबै नेपाली जनताको अश्मिता र शार्बभौम लाई णे जनताको नाम भजाएर चपाएर धुलो पिठो पार्ने दंभ राखी बसेका छन्।

यी दांतहरुले हिजो राजा खाय, राजशंस्था खाय, विश्वमा हजारौं बर्षको धर्म र शभ्यता बोकेको हिन्दु धर्म खाय। तर कसले खाय, कसको बुद्धीले खाय, त्यो भन्न र बोल्न सक्नै कसैको शाहस छैन। कुनै दिन जब नया संबिधानले हिन्धु धर्म लाई सदाको लागी मिटाईदियो बने “यो त मैले गरेको, त्यसको लागी मैले तक्मा पाउनु पर्छ” भनी हिंडने धेरै नेपाली हरु भेटिनेछन। जब दोश्रो जन-आन्दोलन २०६१-६२ सफल भयो, गिरजाबाबु र कृष्ण शिटौलाको सरकारले शुरक्षा निकायका एक नम्बर र दुई नम्बरका प्रमुख लाई निलम्बन गरी शक्ती देखाय, उनीहरुले चाहेको खण्डमा जे जस्तो कुरालाई पनि चपायर खान सक्छौं भन्ने तागतदेखाए।

तयसबेला कृष्ण प्रशाद शिटौलाको शुर्य दाहिना थियो, उनी प्रधान-मन्त्री गिरिजा प्रशाद कोईरालाका दाहिना हात थिय, शदनमा याचुरीलाई ताली बजाएर अभिनन्दन गरे गराए। उनले जंगल बाट सहर पस्न तम्सेका माओवादीका एक मात्र बिश्वास पात्र थिय, उनी पञ्चायतकालको जस्तो हेलीकोप्टर को सवारी चलाउन शवारी मन्त्री नै भएका थिय; कमरेड प्रचण्डलाई जंगलवाट राजधानीमा अवतरण गराउने शक्ती उनीमा मात्र थियो।

केही समय अघी नेपालका एक पुर्ब प्रधान-मन्त्रिले राजा र गिरिजाको के सहमती भएको थियो बुझ्न मनलागे माथी गिरिजा भएको ठाउमा जानु भन्ने कटाक्ष गरेर आफ्नो शिष्टता र कुटनिती को स्तर को परिचय दिएका थिय। फेरी तिनै शिर्ष नेता महोदयबाट बिराटनगरमा पार्टीको अगुवा कार्यकर्तासंगको भेटघाट गर्दा ” भारतका मित्रले राजतन्त्र बारे प्रयत्न भएकै हो भनेर स्विकार गरेको कुराको खुलाशा पनि गरे। जनताको भोटले नेता बन्न पुगेकाहरु पनि राजनितीको खेलमा आफुलाई पायक पर्ने गरी ऐतिहासिक शत्यलाई समेत किस्ता बन्दीको रुपमा चपाई चपाई बोल्ने र कुनै कुरा आफ्नो स्वार्थ को बिपरित जान लागेमा रोषपुर्ण भाषा र अभिव्यक्ती दिने यीनीहरुको दात र जिब्रो दुबैले काम गर्न छोडिसकेको जस्तो भान पर्छ।

तर आज फेरी तिश बिरोधी दलका दांतहरु एकातिर छन भने उनीहरुको जिब्रो अर्को तिर छ। बिचरा बिचको जिब्रोले के बोल्दैछ भन्ने कुरामा ती तिसै दांत कि त अनभिज्ञ छन कि त उनीहरुको जिब्रो अरु कसैको नियन्त्रण मा चलिरहेको छ। जस्को जिब्रो आफ्नो नियन्त्रण मा हुंदैन उसको शरीर कसरी स्वतन्त्र र शार्वभौम हुन सक्छ र भनेर जिब्रो रुपी जनताले सोधेभने उनीहरुको समय छैन, शुन्न र जवाब धिनलाई।

शंबिधान बनाउछु, बनाउन दिएन भनेर पुरानो शत्तालाई ५०बर्षदेखी सराप्तै आएका राजनैतिक दलका नेताहरुले दोश्रो संबिधान सभा सम्म आईपुग्दा पनि सहमती सम्म गर्न सकेका छैनन। यी दांर र बंगारा रुपी नेताहरुको पनि समय सिमा त तोकिएकै छ। यीनिहरुले बेलैमा चपाउन सकेनन बने यीनिहरु पनि मुखबाट पालै पालो झर्ने कुरा जिब्रो रुपी जनताले शान्त र शालिनता देखाएर हेरीराखेका छन् ।

Previous articleनेदरल्याण्ड्सबाट भुकम्प पिडितलाई सहयोग पठाइयो
Next articleनेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्डको प्रेश-विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here