२५ अप्रिल २०१५  का दिन नेपालमा महाभुकम्पमा परि अरबौं रकम बरावरको क्षति तथा अनुमानित २  हजार भन्दा बढीको असामयिक निधन तथा हजारौं संख्यामा घाइते भएका छन्। बिश्व सम्पदा सूचीमा सूचिकृत  ऐतिहासिक सम्पदाहरुको क्षति ,  व्यापक धनजनको अकल्पनीय  क्षति भएको र देशभरीमा भएको यस दुखद प्राकृतिक प्रकोपले नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्ड परिवार स्तब्ध भएको छ।
यस बिपदमा असामयिक निधन हुने सबैप्रति हार्दिक श्रद्धाञ्जली, शोकाकुल परिबारजनहरुमा हार्दिक समबेदना साथै घाइतेहरूको सिघ्र स्बास्थलाभको कामना सहित यो दु:खद घडीमा आ-आफ्नो ठाउँबाट पिडितहरूलाई सहयोग पुर्‍याउन र उद्धारकार्यमा यथासिघ्र सरिक हुन नेपाल सरकार, मातहतका सबै संघ संस्था , राजनीतिक दल  तथा देश विदेशमा बस्नुहुने सम्पूर्ण नेपाली दाजू भाइ दिदि बहिनिहरु र अन्तरास्ट्रीय समुदायमा हार्दिक अनुरोध गर्दछौ ।
साथै यस विपदको घडीमा स्विट्जरल्याण्डमा भयका एन आर एन ए स्विस लगायतका  सम्पूर्ण संघ, संस्थाहरुमा र स्विसबासी सम्पूर्ण नेपाली दाजु भाइ दिदि बैनीहरुमा एकताबद्ध भई सहकार्यगर्दै राहत संकलन कार्यमा अगाडी बढन सबै संग नेपाली ऐक्यबद्धता मंच स्विट्जरल्याण्ड हार्दिक अनुरोध गर्दछ।
अध्यक्ष
अचुत प्रसाद फुयाल लगायत सम्पूर्ण
नेपाली ऐक्यबद्धतामंच स्विट्जरल्याण्ड परिवार।

Previous articleनेता र दांत; जनता र जिब्रो
Next articleएन. आर. एन. ए. स्विट्जरल्याण्डको सबैलाई अनुरोध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here