स्विट्जरल्यण्डको सहभागिता

स्विट्जरल्याण्डका परिचित कलाकार सुभाष सुन्दासले इनासको तेस्रो एकल नेपाली नृत्य प्रतियोगिता कै क्रममा आफ्ना ३ वटा सांगितिक कोशेलिहरु प्रस्तुत गरेका थिए। उनले आफ्नो तेस्रो सांगितिक कोशेलि इनासकी कोषाध्यक्ष राधिका क्षेत्रिको साथमा प्रस्तुत गरे। सुन भनन शिर्षको उनको उक्त सांगितिक प्रस्तुति दर्शकहरु ले धेरै मन पराएका थिए। साथै उक्तक कार्यक्रमको संचालन स्विट्जरल्याण्ड निवासी इनास यूरोपका सहसंयोजक गुणराज शर्मा ले सोफिया महर्जन कार्कि संग संयूक्त रुपमा गरेका थिए। कार्यक्रमको उद्घाटन सत्रमा अथितिहरु लाई स्वागत गर्ने क्रममा निवर्तमान अध्यक्ष डा. विनय श्रेष्ठलाई पनि खादा लगाई आसन ग्रहण गराएको थियो। कार्यक्रममा उपस्थित स्विट्जरल्याण्डको समुहले स्विट्जरल्याण्डका नेपाली समुदाय र नेपाल स्वीस डट कमको तर्फबाट कार्यक्रमलाई नगद ५०० स्वीस फ्रान्कको स्पोन्सर प्रदान गरिएको थियो। कार्यक्रमको अन्त्यमा नेपाल स्वीस डट कम लाई प्रदान गरिएको कदर पत्र एवं मायाको चिनो शुक्र श्रेष्ठले ग्रहण गरे।

Previous articleइनासको तेस्रो यूरोपेली एकल नृत्य प्रतियोगिताको भिडियो
Next articleइनासको तेस्रो यूरोपेली एकल नृत्य प्रतियोगितामा सुजता राईको एकल नृत्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here