नेपाली काँग्रेसको जारी १५ औँ महाधिवेशन अन्तर्गतको नयाँ कार्य समिति चयनका लागि आज शुक्रबार जारी मतदान कार्य भर्खरै सम्पन्न भएको छ ।
काँग्रेसको जारी महाधिवेशन अन्तर्गतको निर्वाचन प्रक्रियामा प्राविधिक कारणले ढिला शुरु भएको मतदान दुई पटक सम्म थप गरिएको समय भन्दा पनि ढिला अहिले बुलकी करिब १० बजे सम्पन्न भएको पार्टीको निर्वाचन समितिले जनाएको छ ।
तोकिएको समयसीमाभित्र मतदान प्रक्रिया नसिकएपछि बेलुकी ५ बजेसम्मका लागि समय थप गरिएको भए पनि ५ बजेसम्म पनि मतदान नसकिएपछि बेलुकी ७ बजेसम्मका लागि निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको थियो । निर्वाचन समितिका अनुसार ७ बजेसम्म लाइनमा बसिसकेका प्रतिनिधिहरुलाई मतदान गर्न दिने निर्णय अनुसार ती मतदाताहरुले अहिले करिब १० बजे मतदान सम्पन्न गरेका हुन् । सोही अनुसार निर्वाचन समितिले पनि निर्वाचन सम्पन्न भएको जनाएको छ ।
मतदान सम्पन्न पश्चात् मतपेटिका सिलबन्दी गरी सुरक्षित गर्ने र अर्को निर्णय भए पश्चात् मतगणना शुरु हुने निर्वाचन समितिले जनाएको छ ।
नेपाली काँग्रेसको जारी १५ औँ महाधिवेशन अन्तर्गतको नयाँ कार्य समिति चयनका लागि जारी मतदान सकिएकाले अब केही समय पश्चात् निर्वाचन समितिले मतगणनाको तालिका सार्वजनिक गर्ने जनाएको छ ।





