सरकारले सशश्त्र प्रहरी बलका एआईजी बंशीराज दहाललाई बर्खास्त गरेको छ ।
गृहमन्त्रालय श्रोतका अनुसार संवेदनशील सूचना चुहावट गरेकोमा दोषी देखिएपछि उनलाई बर्खास्त गरिएको हो ।
एआईजी दहाललाई कारबाही गर्दै सेवाबाट हटाउने निर्णय भएको गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले पुष्टि गरेका छन् । उनलाई आजै (शुक्रबार)देखि लागु हुने गरी बर्खास्त गरिएको मन्त्रालयले जनाएको छ । निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण प्रचलित काम नगरेको भनी उनलाई विभागीय कारबाही गरिएको हो ।
सूचना चुहावटमा दोषी देखिएको भन्दै गत आश्विन १९ गते सरकारले दहाललाई पदबाट निलम्बन गरेको थियो ।
निलम्बनमा परेका दहालले सुरक्षासँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरी आचरण विपरीत कार्य गरेको भन्दै उनी कार्यरत संस्था सशस्त्र प्रहरीले उनीमाथि कारबाहीको माग गर्दै मन्त्रालयमा पत्राचार गरेको थियो ।



