रोटरी क्लब डिल्लीबजारले विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु बीच लागुऔषध दुरुपयोग सम्बन्धी जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ ।
क्लबले मंगलबार विद्यालयमा अध्ययनरत बालबालिककाहरुमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कामाडौँको डिल्लीबजारमा अवस्थित सूर्योदय माध्यमिक विद्यालयमा एक कार्यक्रमको आयोजना गरी लागुऔषध विशेष गरी ड्रग तथा भेप दुरुपयोग र त्यसले जीवनमा पार्न सक्ने प्रभावका बारेमा जानकारी दिएको हो ।
उक्त जनचेतना अभिवृद्धि कार्यक्रममा प्रमुख वक्ताका रुपमा कामनपा ३० मा अवस्थित मालिगाउँ प्रहरी प्रभावका प्रमुख प्रहरी नायव उपरीक्षक डि.बी. बोहरा रहनु भएको थियो । विद्यालयमा आयोजित कार्यक्रममा बोल्दै प्र.ना.उ. बोहराले कक्षा ८ र ९ का विद्यार्थीहरूलाई विभिन्न प्रकारका लागूऔषध, तिनको प्रयोगबाट स्वास्थ्य, परिवार र समाजमा पर्ने नकारात्मक असर तथा त्यसबाट बच्ने उपायबारे जानकारी गराउनु भएको थियो । साथै पछिल्लो समय युवापुस्ता माझ बढ्दो भेप (Vape) संस्कृतिको जोखिम र दुष्प्रभाव बारे पनि सचेत गराउनु भएको थियो ।
विद्यालय समयमा करिब डेढ घण्टासम्म सञ्चालन भएको कार्यक्रममा विद्यार्थी, शिक्षक(शिक्षिका तथा रोटेरियनहरूको सक्रिय सहभागिता रहेको थियो। कार्यक्रममा ५० जनाभन्दा बढीको उपस्थिति रहेको थियो ।
रोटरी क्लब डिल्लीबजारले नियमित रुपमा यस प्रकारका सामाजिक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यस प्रकारका जनचेतनामूलक कार्यक्रम मार्फत विद्यार्थीहरूलाई लागूऔषध र भेप दुरुपयोगबाट टाढा राख्दै स्वस्थ र जिम्मेवार जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य रहेको जनाएको छ।

Previous articleबाढीपीडितको दुःखमा जुरीख नेपाली स्पोर्ट्स क्लबको साथ, २ हजार स्वीस फ्रान्क सहयोग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here