काभ्रेको खानीखोलामा भएको जीप दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् ।
काभ्रेपलाञ्चोक जिल्लाको खानीखोला गाउँपालिका वडा नं. १ स्याउलीथलीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने दुर्घटनामा परी अन्य ३ जना गम्भीर घाइते भएका छन् ।
सोमबार भएको दुर्घटना पनौती–तालढुंगा भित्री सडकखण्ड अन्तर्गत स्याउलीथलीमा भएको हो । दुर्घटनामा परेको जीप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको र दुर्घटनाग्रस्त जीपको नम्बर खुल्न नसकेको स्थानीय प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त जीपमा यात्रु मध्ये खानीखोला ४ का ताराबहादुर माझीले भने हाम फालेर ज्यान बचाएका छन् । उनी सामान्य घाइते छन् । त्यसैगरी दुर्घटनामा परी मृत्यु हुनेमा घाइते माझीका बाबु कल बहादुर माझी र खानीखोला २ का पातली माया मोक्तान रहेको प्रहरीले बताएको छ ।
दुर्घटनामा परेकाहरुको उद्धारका लागि फलामेटार, तालढुंगा र ढुंखर्कबाट प्रहरी टोली घटनास्थलमा प्रस्थान गरिसकेको स्थानीय प्रहरीले जनाएको छ । प्राप्त जानकारी अनुसार जीप ब्रेक फेल भएर दुर्घटना भएको अनुमान लगाइएको छ । दुर्घटनाको बिस्तृत विवरण भने आइसकेको छैन ।

Previous articleआज नागपञ्चमी पर्व घरघरमा नाग टाँसेर मनाइँदै
Next articleबागमती प्रदेशका मुख्यमन्त्रीले दिए राजीनामा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here