नेपाली कांग्रेसका नेता डा। शशांक कोइरालाले पार्टीको १५ औँ महाधिवेशनमाआफू सभापतिको आकाँक्षी रहन सक्ने बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित पार्टी संस्थापन पक्षको भेलालाई सम्बोधन गर्दै कोइरालाले आफू नेपाली काँग्रेस पार्टी विभाजनको पक्षमा नरहेको बताउँदै पार्टीलाई समय सापेक्ष मिलाएर लैजाने र आवश्यक परे आफू सभापतिको आकाँक्षी समेत रहेको खुलासा गरेका हुन् ।
वर्तमान समय पार्टीका लागि संवेदनशिल रहेको बताउँदै नेता कोइरालाले पार्टीभित्र देखिएका विवादलाई संवादका माध्यमबाट समाधान गर्न सकिने विश्वास व्यक्त गरे । उनले अगाडि थपेः ‘म पार्टी फुट्ने वा नयाँ पार्टी खोल्ने पक्षमा विल्कुलै छैन । जनताको चाहना अनुसार हामीले पार्टीलाई परिमार्जित गर्दै लैजानुपर्छ,’ कोइरालाले भने ।
पार्टीको आगामी १५ औं महाधिवेशनको प्रसङ्ग उल्लेख गर्दै उनले पार्टी नेता डा। शेखर कोइरालासँग सुमधुर सम्बन्ध रहेको उल्लेख गर्दै सभापतिमा शेखर कोइराला नेतृत्वका लागि अघि बढेको खण्डमा आफूले सहयोग गर्ने समेत खुलासा गरे।

‘कार्यक्रममा बोल्दै कोइरालाले भनेः सभापति पदका लागि म इच्छुक छु तर मेरो इच्छाले मात्र हुँदैन । साथीहरूसँग परामर्श गरेर उहाँहरूको सुझाव र सल्लाह अनुसार नै मैले निर्णय गर्नेछु,’ । उनले अगाडि थपे, ‘अब काँग्रेसलाई संगठित र नयाँ शिराबाट अगाडि बढाउनका लागि अबको मूल केन्द्रबिन्दु भनेको नै विकास हो । नीति राम्रो भयो भने मात्र जनता आकर्षित हुन्छन्, त्यसैले हाम्रो ध्यान अब ठोस नीति र विकासमा हुनुपर्छ’ कोइरालाले बताए ।

Previous article‘सुभाष एन्ड द फ्यामिली’को नयाँ गीत ‘सोधन’ सार्वजनिक
Next articleआज नागपञ्चमी पर्व घरघरमा नाग टाँसेर मनाइँदै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here